कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ मा सोमबार राति हात्तीले भत्काएको स्थानीय बन्धुराम डगौराको कच्ची घर । जङ्गली हात्तीले रातिको बेला बस्तीमा छिरेर घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् भने यस क्षेत्रमा एक साताको अवधिमा स्थानीय बासिन्दाका दुई वटा घर हात्तीले भत्काइसकेको छ । तस्बिर-राजेन्द्रप्रसाद पनेरु-रासस