काठमाडौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभएको छ । यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्र
इटहरी । इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने पक्का भएको छ । उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो । माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, निजी विद्यालयहरुले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एकपटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो । इटहरीको उक्त निर्णयविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्याया
सोलुखुम्बु । कोशी प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ)ले भौतिक संरचनामा भन्दा शैक्षिक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका देवी माध्यमिक विद्यालयको चार कोठे आरसिसी भवन, खेलमैदान र बास्केटबल कोर्टको आइतबार उद्घाटन गर्दै सांसद शेर्पाले यस्तो बताउनुभएको हो ।यस्तै थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले युगअनुसारको शिक्षा दिननसकेको अबस्थामा गाउँ रित्तो हुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सामुदायिक विद्यालयमा सुधारको खाँचो आवश्यक रहेको बताउँदै शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन शिक्षकलाई निर
इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ ।आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि उपमहानगरले सङ्कल्प पत्र सार्वजनिक गर्दै कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।उप महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।इटहरीका मेयर हेमकर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गरे ।विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर
नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न
इटहरी । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार इटहरी वडा नं. ७ मा आयुर्वेदिक पद्धतिअनुसार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । यसै वडाका वडा अध्यक्ष देवनारायण चौधरीको स्वास्थ्य चेकजाँच गरी जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ । शिविरमा २ सय जना नागरिकले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् । शिविरमा डा. सन्जिबकुमार यादव, डा सुनिल मण्डल, डा ईश्वर अधिकारी लगायतले सेवा दिएका थिए । अभियानका वडा संयोजक जंगराज गिरीले हाड जोर्नी तथा नसा, पेट, छाला, मलद्वार, छाती तथा स्वासप्
विराटनगर । विराटगर महानगरपालिका–३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ ।केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेशकै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो ।पोखरीया मावीले सामुदायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक धार तर्
फुङ्लिङ । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताइन्। बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशे
विराटनगर । मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद न्यौपाने, स्वास्थ्य
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्