स्वास्थ्य बीमा रकमको दायरा बढाएर पाँच लाख पुर्याइने–मन्त्री पौडेल

  • भदौ १४, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा रकमको दायरा वढाएर पाँच लाख पु¥याउने प्रस्ताव मन्त्रालयले गरेको वताएका छन् ।
कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच बिहीवार विराटनगरमा आयोजना गरिएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उनले विमा रकमको दायर वढाउन मन्त्रालयले प्रस्ताव गरेको र त्यो चाडै कार्यान्वयनमा आउने बताए ।
सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा जति खर्च गरेको छ सो रकम रकम एकिकृत र एकद्वार प्रणालीवाट विमा वोर्डलाई उपलव्ध गराउने हो भन्दै विमाको रकम वढाउन सकिने वताए ।
पाँचलाखको विमा सुविधा नागरिकलाई दिन संभव छ भन्दै मन्त्री पौडेलले स्रोत सुनिश्चित गर्दै बीमा रकम पाँच लाख पु¥याउन मन्त्रालय लागि परेको वताए ।
छरिएर रहेको स्वास्थ्य सुविधालाई एकिकृत ढंगमा जोड्दै मन्त्री पौडेलले मुलुकमा सुर्ति र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नु पर्ने वताए ।
मन्त्री पौडेलले सिष्टममा भुक्तानी पाउने, सिष्टममा उपचार हुने र नागरिकले पनि त्यसको दुरुपयोग गर्न नपाउने व्यवस्थित विमा प्रणालीको विकास हुनुपर्नेमा जोड दिए ।
कोशी अस्पतालको सेवामा व्यापक सुधारको खाँचो रहेको उल्लेख गर्दै उनले यो अस्पताल नागरिकका लागि हो र नागरिकले पहिले सेवा पाउनुपर्छ भन्ने सोच राखेर सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत चिकित्सहरुलाई आग्रह गरे ।
बिहीवार कोशी अस्पतालमा भएको हस्ताक्षर र सम्झौताले अबुर्द रोग उपचारका लागि नागरिकहरुलाई चितवन र भक्तपुरमा जानु पर्ने बाध्यता केही हदसम्म अन्त्य हुने उनको भनाई थियो ।
उनले भने, ‘नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन, लोकतन्त्रको महशुस गराउन नागरिकलाई स्वास्थ्य सेवा सुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क रुपमा उपलव्ध गराउनुपर्छ ।
उनले कोशी अस्पतालको सेवा भद्रगोल भएकोमा चिन्ता व्यक्त गर्दै नागरिकले पाउने सेवा सुविधालाई सहज बनाउन मन्त्रालयले बनाएको नियम, कानुनको पालना गर्न आग्रह गरे । मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा सिंहले सिमित साधन श्रोतका बाबजुद पनि अस्पतालले दिने हरेक प्रकारको सेवा प्रभावकारी भएको र आगामी दिनमा अस्पताललाई थप व्यवस्थित वनाउदै लैजाने वताए । हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छ देखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले बताए । कोशी अस्पतालले विसं २०७२ देखि अबुर्द रोगको उपचार हुदै आएको छ ।

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]