अर्थ–वित्त

    Showing ७१-८० of १५४ items.
  • तीन–तीन महिने आन्तरिक लेखा परिक्षण नीतिको विरोधमा नेपाल उद्योग व्यापार महासंघ

    इटहरी । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते जारी गरेको चालु पुँजी मार्ग दर्शनमा उल्लेख गरिएको २ करोड भन्दा कम चालु पुँजी कर्जाको सीमा वार्षिक अनुमानित कारोबारको जम्मा २० प्रतिशत मात्र कुल पुँजी कर्जाको सीमा र कर्जाको अवधी सीमा १ बर्ष वा सो भन्दा कम हुनु पर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने प्रावधानप्रति नेपाल उद्योग व्यापार महासंघ प्रदेश नम्बर १ कार्यसमितिले आपत्ती जनाएको छ ।नेपाल उद्योग व्यापार महासंघ प्रदेश नम्बर १ कार्यसमितिले बिहीवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रावधानप्रति आपत्ती जनाएको हो । पत्रकार सम्मेलनमा महासंघका प्रदेश अध्यक्ष राजकुमार आचार्यले २ करोड भन्दा बढी

    • प्रकाशित मितिः आश्विन १३, २०७९
    • ४९३ पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामिण क्षेत्रमा आर्थिक सेवा दिदै सहयोगी सहकारी

    इटहरी । आर्थिक क्रान्तिको लागि सहकारी आन्दोलन, सामाजिक समुन्नतीका लागि बचत परिचालन भन्ने मान्यताका साथ सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थानीयवासीलाई सेवा दिइरहेको छ । २०६४ साल साउन ३१ गते स्थापना भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा १३ सय ७८ जना शेयर सदस्य आवद्ध छन् । भदौ ३१ आज गते संस्थाले १५ साधारणसभा गर्दैछ । साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजयकुमार चौधरीले बताए । संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रिन्ट, शेयर सदस्यलाई खबर गरिसकिएको बताए । साथै मंच निर्माण, शेयर

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ५३ पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्ता अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।अध्यक्ष दाहालले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कु

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • ६३ पटक पढिएको
    • नेपाल रेखा
  • तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

    तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८–७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भ

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २६ पटक पढिएको
    • नेपाल रेखा
  • मिटरब्याजीपीडितद्वारा थुनिनु परेको गुनासो

    विराटनगर । मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् ।मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलको निर्देशनअनुसार मिटरब्याजीबाट पीडितको गुनासो सम्बन्धमा जारी गरेको सूचनाका आधारमा मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच गरी ४२ निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा पीडित विराटनगर महानगरपालिका–१८ निवासी बेचन दासले स्थानीय वासुदेव

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २१८ पटक पढिएको
    • नेपाल रेखा
  • काभ्रे जिल्ला प्रशासन कार्यालयमा तीस जना मिटरब्याजीविरुद्ध उजुरी

    काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो ।सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उ

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

    वीरगञ्ज । आर्थिक वर्ष २०७९। ८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो ।मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । बजेट प्रविष्ट नगरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण प्रविष्ट गर्न परिपत्

    • प्रकाशित मितिः श्रावण २८, २०७९
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • जाँच केन्द्र हटाउन अदालतको आदेश

    झापा । उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो । झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँदा त्यसलाई हटाइपाउँ भ

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ३३ पटक पढिएको
    • नेपाल रेखा
  • जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

    जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ। सो कार्यालयले आव २०७८÷७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८÷७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७÷७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भए

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • रंगेलीमा बजार अनुगमन गर्दा ढक तराजुमा कैफियत

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङको रंगेली बजारको अनुगमन गरेको छ । उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ बजारका प्रवद्र्धनका लागि बजार अनुगमन गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले एकदर्जन किराना पसल मिठाइ तथा फलपुल लगायत बिभिन्न पसल तथा होटलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा खाद्यान्न वस्तुहरुको उत्पादन मिति, व्याच नम्बर तथा ढक तराजुमा कैफियत देखिएकाले त्यस्ता पसलहरुलाई सचेत गराइको इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख उपेन्द्र राईले बताए । अनुगमन टोलीमा मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, रंगेली नगरपा

    • प्रकाशित मितिः श्रावण २६, २०७९
    • ५० पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]