अर्थ–वित्त

    Showing 71-80 of 279 items.
  • प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

    झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको तीन करोड ६१ लाख मूल्य बराबरको कृषि आँैजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको थियो ।ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 577 पटक पढिएको
    • नेपाल रेखा
  • पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपी इञ्जिनियर यादवलाई पक्राउ गरी थप अनुुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 564 पटक पढिएको
    • नेपाल रेखा
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ ।राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो । देवमाथि एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उहाँले ब

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 551 पटक पढिएको
    • नेपाल रेखा
  • नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

    भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०–८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०–८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको ंसूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । चालु आव २०८१–८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिश

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 571 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगञ्ज भन्सारमा नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

    वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो । यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 540 पटक पढिएको
    • नेपाल रेखा
  • चार अर्ब २५ करोड २० लाख राजस्व संकलन

    बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१।८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ । कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ एक करोड २५ ल

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 433 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ । कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।यसैगरी, गत मङ्सिरमा तीन अर्ब २२ करोड,

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 544 पटक पढिएको
    • नेपाल रेखा
  • भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

    महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उहाँले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताउनुभयो ।आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 553 पटक पढिएको
    • नेपाल रेखा
  • दुहबी नगरपालिकाको राजश्व लक्ष्य पूरा नहुने संकेत

    राजन केडीइटहरी । सुनसरीको दुहबी नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि १४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो, तर माघ मसान्तसम्मको राजश्व संकलनको तथ्यांकलाई हेर्दा यो लक्ष्य पूरा नहुने संकेत देखिएको छ । आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा नगरपालिकाले २ करोड ९६ लाख ३० हजार ५ सय ४३ रुपैयाँ संकलन गरेको छ, जुन लक्ष्यको २१ प्रतिशत मात्र हो ।दुहबी नगरपालिका कार्यालय, राजश्व शाखा प्रमुख उत्तम खतिवडाले सम्पती करसहित दहत्तर–बहत्तर शुल्कबाट साउन १ गतेदेखि माघ मसान्तसम्ममा २ करोड ९६ लाख ३० हजार ५ सय ४३ रुपैयाँ राजश्व संकलन भएको बताए । राजश्व शाखा प्रमुख खतिवड

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 591 पटक पढिएको
    • नेपाल रेखा
  • त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा – प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गर्नुभएको थियो । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’–उहाँले भन्नुभयो– ‘हामील

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 613 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]