भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

  • फागुन २२, २०८१ / नेपाल रेखा
alt

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उहाँले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताउनुभयो ।
आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले यो सवाल पनि अभियानकै एजेन्डा बन्ने अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो ।
सो क्रममा जलेश्वर उद्योग वाणिज्य संघले ज्ञापनपत्र पनि बुझाएको थियो । कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने जानकारी गराउनुभयो। साथै उहाँले मणिपाल कलेजका लागि ३५ बिघा जग्गा स्थानीयबाट सस्तोमा लिएर अलपत्र छाडेकाले तत्काल काम सुरु आवश्यक निर्देशन दिन पनि अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभयो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]