अर्थ–वित्त

    Showing 31-40 of 279 items.
  • विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “लामाले अजरवैजान र फिजी पठाउने भन्

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 189 पटक पढिएको
    • नेपाल रेखा
  • आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दाम

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 274 पटक पढिएको
    • नेपाल रेखा
  • सडकपेटीमा व्यापार नगर्न निर्देशन

    गाईघाट । सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दिनुभयो । त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताउनुभयो । उहाँले भन्नुभयोे,“बजार क्षेत्रका सडकपेटीहरुमा लामो समयदेखि फुटपाथ व्यापारीहरुले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटक पटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला रा

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 303 पटक पढिएको
    • नेपाल रेखा
  • सुनचाँदीको मूल्य केही घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८४५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हज

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 257 पटक पढिएको
    • नेपाल रेखा
  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० र चाँदी १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 252 पटक पढिएको
    • नेपाल रेखा
  • अचार बिक्री गरेर मासिक २५ हजार बढी आम्दानी

    दाङ । लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उहाँ बताउनुहुन्छ । आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।उहाँले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त हुनुहुन्छ । अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उहाँले बताउनुभयो । “सबैभन्दा आँपको अचार बिक्री हुन्छ&rdq

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • श्री सहयोगी बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । सुनसरीको ग्रामीण क्षेत्र गढी गाउँपालिका–१ मा क्रियाशील श्री सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सभापति संजयकुमार चौधरीले आर्थिक वर्षको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सुदृढ बन्दै गएको जानकारी गराए ।सभापति चौधरीका अनुसार संस्थाले २०८२ असोजदेखि आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइसकेको छ । भवन निर्माणका लागि २०८२ असारसम्म सहयोगी दाताबाट १ लाख ८८ हजार ९ सय रुपैयाँ र भवन निर्माण कोषमा १० लाख ४५ हजार ७ सय रुपैयाँ गरी जम्मा १२ लाख ३४ हजार ६ सय २५ रुपैयाँ संकलन गरिएको छ । सो

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 449 पटक पढिएको
    • नेपाल रेखा
  • मेची भन्सार कार्यालयबाट पाँच महिनामा तीन अर्ब ८० करोड सङ्कलन

    झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन त

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 281 पटक पढिएको
    • नेपाल रेखा
  • साना किसान सहकारी संस्थाको २७ औँ साधारणसभा सम्पन्न

    बाबुराम मुडियारीमोरङ । मोरङको ग्रामथान गाउँपालिका–झोराहाटमा अवस्थित साना किसान सहकारी संस्था लिमिटेडको २७ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले चालु वर्षमा ९६ लाख ८६ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । हाल सहकारी अन्तर्गत १४० समूह सक्रिय छन् भने ५२५ जना सदस्य आवद्ध छन् । सहकारीले समूह बचत, व्यक्तिगत बचत, दैनिक बचतलगायतका विभिन्न बचत योजना सञ्चालन गर्दै आएको छ ।ऋण सुविधाका क्रममा सहकारीले आफ्ना शेयर सदस्यलाई स्वाबलम्बन कर्जा १० प्रतिशत, पशुपालन कर्जा ७ प्रतिशत, लघु कर्जा १३ प्रतिशत, तरकारी खेती कर्जा ७ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको जानकारी दि

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 381 पटक पढिएको
    • नेपाल रेखा
  • डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैंयाले घट्यो, हवाई इन्धन बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक रेको छ । निगम सञ्चालक समितिको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ । निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 380 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]