साना किसान सहकारी संस्थाको २७ औँ साधारणसभा सम्पन्न

  • मंसिर ८, २०८२ / नेपाल रेखा
alt

बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका–झोराहाटमा अवस्थित साना किसान सहकारी संस्था लिमिटेडको २७ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले चालु वर्षमा ९६ लाख ८६ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । हाल सहकारी अन्तर्गत १४० समूह सक्रिय छन् भने ५२५ जना सदस्य आवद्ध छन् । सहकारीले समूह बचत, व्यक्तिगत बचत, दैनिक बचतलगायतका विभिन्न बचत योजना सञ्चालन गर्दै आएको छ ।
ऋण सुविधाका क्रममा सहकारीले आफ्ना शेयर सदस्यलाई स्वाबलम्बन कर्जा १० प्रतिशत, पशुपालन कर्जा ७ प्रतिशत, लघु कर्जा १३ प्रतिशत, तरकारी खेती कर्जा ७ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको जानकारी दिइयो ।
सहकारी संस्था २०३९ सालदेखि झोराहाटमा पाँच रुपैयाँ बचत गर्ने अभियानमार्फत स्थापना भएको र २०४३ सालमा कृषि विकास बैंकको आयोजनामा तथा २०५४ सालदेखि सहकारी संरचनामार्फत औपचारिक रुपमा सञ्चालनमा आएको हो । महिलाको सक्रिय सहभागितालाई विशेष प्राथमिकतासहित सहकारीले निरन्तर आर्थिक गतिविधि विस्तार गर्दै आएको सभामा उल्लेख गरिएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]