विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ

  • वैशाख १०, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “लामाले अजरवैजान र फिजी पठाउने भन्दै २६ लाख ६३ हजार ७१० रुपैयाँ, बुढाथोकीले ब्रुनाई पठाउने भन्दै चार लाख ५० हजार रुपैयाँ तथा महर्जनले अष्ट्रिया पठाउने भन्दै १७ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

कांग्रेस महाधिवेशन प ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक ...

सिद्धपोखरी बजार ...

सङ्खुवासभाको चैनपुर नगरपालिका-३ स्थित सिद्धपो ...

पाककला प्रशिक्षण ...

सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेलाको चौथो ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]