नेपाल-चीन उत्तरी कोरलानाकाको २४ नम्बर सीमा स्तम्भको दशगजा क्षेत्रमा सीमावर्ती नागरिकहरुले त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाइरहेका छन् । नाकामा स्थानीयको करिव ८० वटा भन्दा बढी त्रिपालमा सामान राखेर व्यापार गरिरहेका छन् । तस्बिर - सुन्दरकुमार थकाली-रासस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ ।त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२–८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ ।विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चारवटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा पराम
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिवलगायतलाई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फनपार्क एन्ड रिसोर्ट आयोजना (दोस्रो चरण) निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।आयोगका अनुसार दोस्रो चरणको ठेक्का प्रक्रिया मिलेमतोपूर्ण ढङ्गले अघि बढाइएको, प्रतिस्पर्धा सीमित हुनेगरी जटिल मूल्याङ्कन मापदण्ड राखिएको, आवश्यक अध्ययन तथा जोखिम विश्लेषण नगरी नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तथा निर्माण व्यवसायीलाई अनुचित लाभ पुग्नेगरी सार्वजनिक खरि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ ।आर्थिक वर्ष २०७८–७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेस भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो । आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थानसहित कार्यकक्षबाट पक्राउ गरेको हो । आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
झापा । झापामा आर्थिक गणना सकिएको छ । असार मसान्तसम्ममा ६०६५४ वटा आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था आदि)–को गणना भएको छ ।झापा जिल्लाभरि ६०६५४ प्रतिष्ठान गणना हुँदा भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३१०३ र दमक आर्थिक गणना कार्यालयबाट २७४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो । यसबाहेक झापामा अनलाइनमार्फत १०७ प्रतिष्ठानले विवरण भरेका थिए ।यी प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा रहेको पाइएको जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक एवम् आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए ।विवरण अनुसार झापाको प्रमुख व्यापारि
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वप्रसाद पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा नेपालको व्यवसायिक वातावरण अझ सरल, सहज र उद्यममैत्री बन्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। वित्तीय प्रणालीको सर्वोच्च जिम्मेवारीमा रहेको व्यक्तिले स्वयम् व्यवसाय सञ्चालनका संरचनागत जटिलताबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्नु सामान्य टिप्पणी मात्र होइन। यो नेपालको प्रशासनिक संरचना, नियामक प्रणाली र नीतिगत कार्यान्वयनमा रहेका कमजोरीप्रतिको गम्भीर संकेत पनि हो। यदि नीति निर्माण र नियमनको केन्द्रमै रहेका व्यक्तिहरूले व्यवसाय गर्न कठिन भएको अनुभव गरिरहेका छन् भने सीमित पूँजी, सीमित पहुँच र सीमित क्षमताका साना तथा म
भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म पाँच अर्ब १४ करोड ४ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो ।आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणअनुसार सोही अवधिसम्म प्रदेश सञ्चित कोषमा २६ अर्ब ५७ करोड ७७ लाख दाखिला भएको छ । सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षमा हालसम्म १७ अर्ब
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले आइतबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरेका हुन् । चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार विनियोजन गरिएको छ । खर्चका स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँट १२ अर्ब ८३ करोड, विय समानीकरण नौ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दात छ अर्ब आठ करोड ५२ लाख अनुमान गरिएको छ
तनहुँ । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो । यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ । हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन् ।नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन । घरायसी परम्पराअनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सीपलाई व्यावसायिक रूपम