कृषि

    Showing 61-70 of 207 items.
  • बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

    सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजारमा ठेक्का लगाएको हो । केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो । “यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ”, केन्द्रका प्रमुख रामकुमार यादवले भन्नु

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 460 पटक पढिएको
    • नेपाल रेखा
  • चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

    तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँले धान आयातलाई कम गराउने लक्ष्यका साथ अनुदानको व्यवस्था गरिएको बताउनुभयो । “चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 513 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

    भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो ।बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 455 पटक पढिएको
    • नेपाल रेखा
  • भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

    भद्रपुर । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताउनुभयो । उहाँका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार खुर्सानीको बेर्ना

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 454 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरद्वारा कृषकलाई गहुको बीउ वितरण

    राजन केडीइटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बीउ वितरण गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा १८ वटा वडाका २ सय ४१ जना कृषकलाई गहुँको बीउ वितरण गरेको हो । उपमहानगर कार्यालयको कृषि विकास शाखाले प्रति किसान ३० केजीदेखि बढीमा ४० केजीसम्म बीउ वितरण गरेको छ । विजय, बीएल–४३४१, जिंक–१, एनएल–९७१ प्रजातीको गहुँको बीउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् । कृषि विकास शाखा प्रमुख अधिकारीका अनुसार उपमहानगरपालिकाको आन्तरिक स्रोत र संघीय सरकारको ससर्त अनुदानबाट उन्नत जातको गहुँको बीउ वितरण ग

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 418 पटक पढिएको
    • नेपाल रेखा
  • किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

    भोजपुर । यस वर्ष भोजपुर जिल्लाबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो । “जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भन्नुभयो, “यहाँको सात सय ९० हेक्टर

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 337 पटक पढिएको
    • नेपाल रेखा
  • लमजुङमा बढ्यो धान उत्पादन

    लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो । केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार छसय ९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४

    • प्रकाशित मितिः माघ २, २०८१
    • 271 पटक पढिएको
    • नेपाल रेखा
  • एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

    टीका खतिवडा मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् । कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहण बन्नुभएको छ इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उहाँले यसैवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गर्नुभएको छ । सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० म

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 303 पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

    भोजपुर । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडाँै बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बिेच्दै आएका छन् । केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताउनुभयो । यसैबी

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 295 पटक पढिएको
    • नेपाल रेखा
  • चुरेमा चिउरी रोप्न दाता खोजिँदै

    प्रगति ढकाल   काठमाडौँ । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो । चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरूवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्रथामिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरूवा रोप्ने योजना रहेको बताएको छ । तर चुर

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 334 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]