इटहरी उपमहानगरद्वारा कृषकलाई गहुको बीउ वितरण

  • माघ २९, २०८१ / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बीउ वितरण गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा १८ वटा वडाका २ सय ४१ जना कृषकलाई गहुँको बीउ वितरण गरेको हो ।
उपमहानगर कार्यालयको कृषि विकास शाखाले प्रति किसान ३० केजीदेखि बढीमा ४० केजीसम्म बीउ वितरण गरेको छ । विजय, बीएल–४३४१, जिंक–१, एनएल–९७१ प्रजातीको गहुँको बीउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।
कृषि विकास शाखा प्रमुख अधिकारीका अनुसार उपमहानगरपालिकाको आन्तरिक स्रोत र संघीय सरकारको ससर्त अनुदानबाट उन्नत जातको गहुँको बीउ वितरण गरिएको हो । २ सय ४१ जना किसानले चौध हजार ८० केजी गहुँको बीउ लगिसकेका छन् ।
साथै १ सय ६१ जना किसानलाई ८ सय केजी उन्नत जातको तोरीको बिउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको अधिकारीले जानकारी दिइन् । शाखा प्रमुख अधिकारीले कृषि क्षेत्रको विकास र उपमहानगर क्षेत्रका किसानको सहयोग र सुविधाका लागि बीउ वितरण गरिएको जनाइन् । इटहरी उपमहानगरको मुख्य बजार क्षेत्रका ६ र ४ नम्बर वडाबाहेक अरु १८ वटा वडामा बसोबास गर्ने किसानहरुले धान, गहुँ, तोरीसहित तरकारी खेति गर्दै आएका छन् । इटहरी वडा नम्बर १६ का कृषक लक्ष्मण पाण्डेले १ विघाह क्षेत्रफलमा गहुँखेति गरेको बताए । उनले गहुँ खेतिका लागि उन्नत जातको ४० केजी बीउ इटहरी उपमहानगर कृषि शाखाबाट लगेका थिए ।
इटहरी–१९ का सरोज ढकालले पनि ४० केजी बीउ लगेका थिए । उनले भने–‘इटहरी उपमहानगरबाट राम्रो बीउ भनेर ल्याइयो तर, सोचेजसरी उम्रिएन ।’ उनले १० कठ्ठामा गहुँ खेति गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]