कृषि

    Showing 11-20 of 207 items.
  • बिउ काढ्दै किसान

    सुनसरीको इनरुवा नगरपालिका-४ मा धान रोपाइँ गर्न बिउ काढ्दै किसान । पर्याप्त वर्षा नभएका कारण जिल्लामा हालसम्म २३ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार १९, २०८३
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • आली लगाउँदै किसान

    सुनसरीको इनरुवा नगरपालिका-९ स्थित खेतमा आली लगाउँदै किसान । सुनसरीमा हालसम्म २१ प्रतिशत राेपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार १८, २०८३
    • 232 पटक पढिएको
    • नेपाल रेखा
  • रोपाई महोत्सव– प्लान्टेसन मेसिन

    २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आयोजित कार्यक्रममा प्लान्टेसन मेसिनबाट रोपाइँ गर्दै कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी । तस्बिर - नवीन गड्तौला    

    • प्रकाशित मितिः असार १७, २०८३
    • 210 पटक पढिएको
    • नेपाल रेखा
  • रोपाई महोत्सव-ड्रमसिडर प्रविधि

    २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आयोजित कार्यक्रममा ड्रमसिडर प्रविधिबाट रोपाई गर्दै कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः असार १६, २०८३
    • 168 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिनुभयो । गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उहाँले बताउनुभयो । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएक

    • प्रकाशित मितिः असार १३, २०८३
    • 484 पटक पढिएको
    • नेपाल रेखा
  • बिउ काड्दै किसान

    सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार धान रोपाइँ गर्न बिउ काड्दै किसान । केही दिनदेखि नियमितजसो पानी परिरहेकाले यहाँका किसानले रोपाइँ गर्न सुरु गरेका छन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार १३, २०८३
    • 187 पटक पढिएको
    • नेपाल रेखा
  • रोपाइँको तयारी

    सुनसरीको इनरुवा नगरपालिका-२ मा धान रोपाइँ गर्नका लागि सानो हाते ट्रयाकटरले खेत जोत्दै किसान । यतिबेला यहाँका किसान धान रोप्ने तयारीमा छन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार ७, २०८३
    • 82 पटक पढिएको
    • नेपाल रेखा
  • ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल

    दाङको घोराही उपमहानगरपालिका–१२ अवलडाँडामा किसान शक्तिराम डाँगीले व्यावसायिक रूपमा सञ्चालन गरेको ड्रागन फ्रुट फार्ममा फुलेका ड्रागन फ्रुटका फूल। डाँगीले दुई बिघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ। तस्बिर- कुलदीप न्यौपाने-रासस  

    • प्रकाशित मितिः असार ६, २०८३
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

    ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकन र पहिचानलगायत कार्यक्रम समावे

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 406 पटक पढिएको
    • नेपाल रेखा
  • व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्”, उहाँले भन्नुभयो, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । जसले किसानलाई थप उत्साहित बनाएको

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 310 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]