हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

  • जेठ २८, २०८३ / नेपाल रेखा
alt

ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।
महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकन र पहिचानलगायत कार्यक्रम समावेश गरिएका छन् । यसका साथै अलैँची खेती तथा प्रवद्र्धनसँग सम्बन्धित खुला कविता प्रतियोगिता, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।
दुईदिने महोत्सवमा आधुनिक अलैँची खेतीसम्बन्धी कार्यशाला, क्रेता–बिक्रेताबीच अन्तरक्रिया तथा अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा व्यापक छलफल हुने कार्यक्रम तय गरिएको छ । सङ्घ तथा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख एवम् अलैँची विज्ञहरूको सहभागितामा आधुनिक खेती प्रविधि र बजार विस्तारका सम्भावनाबारे विशेष छलफल गरिनेछ ।
महोत्सवका अवसरमा अलैँची खेतीमा उल्लेखनीय सफलता हासिल गरेका किसानलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।
हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने उच्च गुणस्तरको अलैँचीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ । कृषक, व्यवसायी र सरोकारवालाबीच अनुभव आदान–प्रदानसहित अलैँची खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।

अच्छा राई रसिक साहित ...

इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान ...

कमलामाई मन्दिर ...

सिन्धुली जिल्लाको धार्मिक पर्यटकस्थल कमलामाई ...

अचार बनाउने तालिमपछि ...

तनहुँ । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्व ...

उत्तरयाधामको शिवलिङ् ...

उत्तरगया गाउँपालिका–५ रसुवा र नुवाकोटको ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]