कुमोद अधिकारी विराटनगर । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन निश्पछ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सम्वन्धि आचारसंहिता पालना सवै दलको सहयोग अपरिहार्य रहेकोमा सहभागी वक्ताहरुले जोड दिएका छन् ।निर्वाचन कार्यालय प्रदेश नं. १ विराटनगरको आयोजनामा जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार आयोजित प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आचारसंंहिता पालनामा राजनीतिक दल तथा उमेदवारको भूमिका सम्वन्धि छलफल कार्यक्रममा उनीहरुले आचारसंहिता पूर्ण रुपले कार्यान्वयन गराउन अनुगमन प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै मोरङ जिल्लाका मुख्य निर्वाच
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने–त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दुईपटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण हुन सकेन ।सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लोपटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मङ्गलबार राति १२ बजे समाप्त भएको छ ।मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र
इनरुवा । आसन्न निर्वाचनमा बालबालिकाको संवैधानिक हक र बाल अधिकार सम्बन्धी महासन्धिले गरेका व्यवस्थालाई सम्मान गर्न सुनसरीका युवाहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । यसैगरी, उनीहरुले राष्ट्रिय युवा नीति २०७२ ले तय गरेका युवाको क्षेत्रका १५ मुख्य रणनीतिलाई कार्यान्वयनमा ल्याउनका लागि निर्वाचन घोषणापत्रमा समावेश गर्नका लागि समेत दलहरुलाई अनुरोध गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सो मागपत्र सबै दलहरुलाई बुझाएका छन् । सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालबालिका र युवाहरुका माग जायज भएको बताउँदै आफ्नो दायित्व निर्वाह गर्न सबैलाई आग्रह गरे । जिल्ला
विराटनगर । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताए । उनले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताए। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्था
सुनसरी । माक्र्सवादी ज्ञान केन्द्रको दोस्रो साधारणसभाको अवसरमा वर्ष उत्कृष्ट व्यक्तिका रुपमा नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सदस्य मोरङको सुन्दरहरैंचा निवासी सीता कडरिया (रक्षा) सम्मानित भएकी छन् । काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ बिषयक गोष्ठिसहित उद्घाटन भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कडरियालाई सम्मान गरेका हुन् । त्यसैगरी ज्ञान केन्द्रको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने झापाकी राधिका ओझा, उत्कृष्ट प्रदेशका रुपमा कर्णाली प्रदेश र उत्कृष्ट विभागका
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताए । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर
विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मे
कुमोद अधिकारी विराटनगर । संघिय शासन प्रणालीलाई सबल बनाउन स्थानीय र प्रदेश सरकारलाई संघिय सरकारले आवश्यक अधिकार दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।संघियता कार्यान्वयन भएको पाँच वर्ष पुग्दा पनि आवश्यक कानुनको अभावमा प्रदेश तथा स्थानीय तहमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा प्रदेश र स्थानीय सरकारले सोचेजस्तो काम गर्न नसकेको उनीहरुको भनाइ छ । उनीहरुले संघीयता कार्यान्वयन भएको पाँच बर्ष बितिसक्दा पनि आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन हुन नसकेको उनीहरुको भनाइ छ । राष्ट्रियसभा संघियता कार्यान्वयन अध्ययन अनुगमन विशेष समितिद्वारा विराटनगरमा आयोजित संघिय शासन प्रणाली सवलिकरण विषयक अन