मतदाताको घरदैलोमा पुगेर आफ्नो योगदान सम्झाउँदै नेता सिटौला

  • कार्तिक १५, २०७९ / नेपाल रेखा
alt

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा छन् । झापा क्षेत्र नं ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् ।
दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गरे । “मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको छु”, उनले भने, “नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको छु ।”
झापा क्षेत्र नं ३ को उन्नतिका लागि पूर्व–पश्चिम हुलाकी सडक, उत्तर–दक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको उनको भनाइ छ । “चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु । तर, मैले चुनाव जितेको जम्मा तीन पटक हो”, उनले भने, “पूर्णरूपमा निर्वाचित भएको मध्यावधि २०५६ मा र दोस्रो संविधानसभामा मात्र हो, विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन ।”
तर पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी–पाठामारी, केचना रिङरोड, पथरिया घेराबारी, जलथल सडक जस्ता आधा दर्जनभन्दा बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरु गरेर निर्माण सम्पन्न नहुञ्जेल खबरदारी गरेको नेता सिटौलाले प्रष्ट पारे ।

गणतन्त्रले के दिन्छ÷के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनी बताउछन् । “अब कानून बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हाम्रो आर्थिक, सामाजिक, सांस्कृति प्रगति भयो भन्ने बनाउनुछ”, उनले भने, “त्यसका लागि पनि म यहाँबाट विजय भएर जानुपर्छ ।”
आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा हुने उनले बताए । दोस्रो संविधानसभाको निर्वाचनपछि झापा क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविसका सबै भवनहरू निर्माण, पुनःनिर्माणका योजना सम्पन्न गराएको नेता सिटौलाको भनाइ छ । उनले भने, “पछिल्लो चुनावमा म हारेपछि मेरो पालामा निर्माण सुरु भएको दर्जनौँ आयोजना अहिलेसम्म अलपत्र छन् ।”
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ मा दर्बिलो उम्मेदवारका रूपमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेता सिटौलाले र नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]