काठमाडौँ । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेको छ ।निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरूपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।“कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घा
सुनसरी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा वुधवार निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताए । देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो । देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेल
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् । वुधवार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भने । उनले भने “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका ला
धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ । ”तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा पनि विमानस्थल नबन्दा अब भने विमानस्थल बन्ने कुरामा ढकाललाई पटक्कै विश्वास छैन ।
इटहरी । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि उचित बजारको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत र समाजवादी पार्टीका साझा उमेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् । किसानले उत्पादन गरेका दूध, फलफूल, अन्नपात, साग सब्जीको उचित व्यवस्थापन, जनतालाई कृषि तथा स्थानीय उत्पादनमा आत्मनिर्भर बनाई आर्थिकरुपमा सवल बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । युवाहरुलाई सिपमुलक तालिम दिइ रोजगार बनाउने, उद्योगम
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बतए । ‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु’, उनले भने ।पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्
खोटाङ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवं पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन र फलफूल खेतीलाई व्यावसायीकरण गर्न पकेटक्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आधुनिक यन्त
इटहरी । बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयकुमार गच्छदार र सरस्वती पोखरेल (डाँगी) वुधबार बिहानै चाँदबेला बर्छेवाका जनतासँग मत माग्न पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा मतदातासंगको भेटघाटलाई उनीहरुले तिव्रता दिंदै मत मागेका हुन् । सुनसरी प्रतिनिसभा क्षेत्र नम्बर ३ बाट उमेदवारी दोहोर्याएका गच्छदारले यस क्षेत्रका ग्रामिण वस्तीको विकासमा विशेष जोड दिइ सडक विस्तार, पुल, पुलेसा निर्माणमा जोड दिने बताएका छन् । उनी नेपाली कांग्रेसबाट उमेदवार बनेका हुन् । त्यसैगरी, प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रबाट उमेदवार बनेकी सरस्वती पोखरेलले डुबानको समस्याबाट
इटहरी । षड्यन्त्रपूर्वक आफ्नो ५० वर्षे राजनीति समाप्त पार्न तत्कालीन एमालेको सरकारले आफूलाई झुटा मुद्दा लगाएकाले जनताको अदालतबाट न्याय पाउन चुनावी मैदानमा आएको नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले बताएका छन् ।सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका गच्छदारले इटहरी चुनाव प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्वोधन गर्दै जनतासंग न्याय माग्न आफू चुनावी मैदानमा आएको बताएका हुन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा सहयोग गरेको आरोप लागेका गच्छारको मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।सातौं पटक निर्वाचन जित्ने लक्ष्य सहित चुनावी
इटहरी । दशैं, तिहार र छैठ सकिए लगत्तै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी सरगर्मी ह्वात्तै बढेको हो । यसैक्रममा सुनसरीको ३ नम्बर क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यकालागि उमेदवार बनेका विजयकुमार गच्छदारले प्रदेशसभातर्फ उमेदवार बनेकी सरस्वती पोखरेल डाँगीलाई विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा १ सभाकी निवर्तमान उपसभामुख पोखरेल यही क्षेत्रको प्रदेशसभा १ को उमेदवार बनेकी छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गठबन्धनको उमेदवार बनेकी हुन् । गच्छदार भने नेप