सप्तरी–२ को प्रदेशसभा (२) मा जनमत पार्टीका यादव विजयी

  • मंसिर ६, २०७९ / नेपाल रेखा
alt

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाएका छन् ।
मतान्तर बढाउँदै सिके राउत
प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार उनले १३ हजार सात सय ५९ मत प्राप्त गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाएका छन् ।
हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]