यौनिक तथा श्रमिक महिलाको पेसागत अधिकार सुनिश्चित गर्न कानुनी सुधारको माग

  • साउन २२, २०८३ / नेपाल रेखा
alt

इटहरी । यौनिक तथा श्रमिक महिलाले आफ्नो पेसा सञ्चालनका क्रममा भोग्दै आएका कानुनी बाधा तथा अड्चनबारे छलफल गर्न आयोजित एकदिवसीय अन्तरक्रिया कार्यक्रम सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको छ ।
महिला सहयोगी संस्थाकी अध्यक्ष बिमला मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सपना परियार (सन्ध्या) प्रमुख अतिथि र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा तालतलैया कला, साहित्य तथा संस्कृति समाजका अध्यक्ष तथा लिड नेपालसँग आबद्ध सुधिर केसी, अधिवक्ता डीबी साशंकर, उद्यमी महिला परियोजनाकी अध्यक्ष सुष्मा राई, पत्रकार सुप्रिया राई, मितिनी नेपाल सुनसरीकी अध्यक्ष नाइसा लुइटेललगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरूले यौनिक तथा श्रमिक महिलाप्रति समाजको दृष्टिकोण सकारात्मक हुनुपर्ने, उनीहरूको पेसागत स्वतन्त्रता, सम्मान र सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्देश्यबारे संस्थाकी अध्यक्ष बिमला मल्ल ठकुरीले प्रकाश पारिन् । अधिवक्ता डीबी साशंकरले श्रमिक महिलाका मुद्दामा निःशुल्क कानुनी सहायता र बहस आवश्यक रहेको बताए । सुधिर केसीले श्रमिक महिलाको पेसागत हकहितको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।
विशेष अतिथि उपप्रमुख सङ्गीता कुमारी चौधरीले इटहरी उपमहानगरपालिकाले श्रमिक महिलाको हकहितका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिइन् ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य सपना परियारले यौनिक तथा श्रमिक महिलाको अधिकार संरक्षणका लागि आवश्यक कानुन निर्माणमा संघ र प्रदेश सरकार सकारात्मक रहेको बताउँदै आगामी नीति तथा बजेट निर्माणमा यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन अधिकारकर्मी देवानन्द चौधरीले गरेका थिए ।

टौदह ...

कीर्तिपुर नगरपालिका-६ स्थित टौदह । प्राकृतिक ...

जलमग्न सडक ...

सोमबार र मंगलबार भएको वर्षाका कारण जलमग्न भएको सुनसरीको ...

महाभारतकालीन दृश्य झ ...

झापाको अर्जुनधारा नगरपालिका-८ स्थिति शनिश्चरे ...

गुलावी कमल ...

सुनसरीको कोसी गाउँपालिकास्थित मैत्री पोखरीमा ढकमक्क फुल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]