न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु – प्रधान न्यायाधीश डा शर्मा

  • जेठ १९, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा आज उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको हो ।
प्रधान न्यायाधिश डा शर्माले भन्नुभयो,“आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउछु ।”
न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ थियो ।
भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल, छिटो हुनुपर्ने र आमजनताले न्यायको महसुस हुने गरी न्याय दिनुपर्नेलगायत विषयमा सुझाव दिनुभएको थियो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]