दाङको राजपुर गाउँपालिका-२ स्थित बेला गाउँमा सञ्चालन भएको एक महिने ढकिया बनाउने आधारभूत तालिममा सहभागी स्थानीय महिला। राजपुर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सञ्चालित तालिममा खोला किनारमा खेर जाने वनस्पतिको प्रयोग गरी विभिन्न घरेलु सामग्री बनाउने सीप प्रदान गरिएको प्रशिक्षकले जानकारी दिनुभयो। तस्बिर-कुलदीप न्यौपाने-रासस