इटहरीमा यामाहा तिरुपति अटोसिटीको ‘वेष्ट एक्सचेन्ज’ मेला, पुस ६ देखि

  • पुस ५, २०८२ / नेपाल रेखा
alt

इटहरी । यामाहा ब्रान्डका दुईपांग्रे सवारीको आधिकारिक विक्रेता तिरुपति अटोसिटीले इटहरीको पश्चिमलाइनमा ‘वेष्ट एक्सचेन्ज, अझै ज्यादा धेरै, विश्वास साथमा चावी हातमा’ भन्ने नारासहित विशेष मोटरसाइकल मेला आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त मेलाले ग्राहकलाई आकर्षक सुविधा र सहुलियतमार्फत नयाँ मोटरसाइकल खरिद गर्न प्रोत्साहित गर्ने तिरुपति अटोसिटीका संचालक संजोग पराजुलीले बताए ।
मेलामा पुरानो सवारी साटेर नयाँ मोटरसाइकल लिन चाहने ग्राहकका लागि ग्यारेन्टर आवश्यक नपर्ने, घरमै आउनु नपर्ने तथा आय–प्रमाणपत्र बिना नै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ । कम्तीमा दुई प्रक्रिया पूरा गर्ने ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रु. २५,००० सुनिश्चित पाउनेछन् भने थप रु. १०,००० सम्म अतिरिक्त मूल्यसमेत प्राप्त गर्ने पराजुलीको भनाइछ ।
यसका साथै, नयाँ यामाहा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई रु. ६,००० क्यास डिस्काउन्ट, फ्री हेल्मेट, पुरानो सवारी रोक्ने (स्टप एक्सचेन्ज) सुविधा तथा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई जस्ता आकर्षक अफर उपलब्ध गराइने तिरुपति अटोसिटीले जनाएको छ । अटोसिटीका अनुसार यो मेला ग्राहकलाई सहज, विश्वासिलो र लाभदायक खरिद अनुभव प्रदान गर्नुका साथै आफ्नो व्यापार प्रवद्र्धनमा समेत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]