गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लिको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

  • कार्तिक २८, २०८२ / नेपाल रेखा
alt

इटहरी । गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरी–६, सुनसरीको २२ औँ वार्षिक साधारणसभा शुक्रबार संस्थाका अध्यक्ष खेमनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका ज्येष्ठ शेयर सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद निरौलाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्था सञ्चालक समितिका सचिव राजेन्द्र धमलाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, न्यायिक, शिक्षा, धितो तथा ऋण उपसमिति लगायतका पदाधिकारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
संस्थाका पूर्व पदाधिकारीहरू छविनाथ सुवेदी, केदार खनाल, प्रकाश निरौला, सोम बहादुर भण्डारी र बालकृष्ण निरौलालाई विशेष सम्मानसहित स्वागत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यपछि अध्यक्ष काफ्लेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । सचिव धमलाले लेखा परीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक जितेन्द्र बस्नेतले सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका व्यवस्थापकको जिम्मेवारी २३ वर्षभन्दा बढी समय सम्हाल्दै आएका ध्रुव प्रसाद कोइरालालाई संस्थाले विशेष सम्मानका साथ बिदाइ गरेको छ । प्रमुख अतिथि निरौलाले बिदाइ तथा पुरस्कार वितरण गरेका थिए ।
साधारण सभामा वर्षभरि बढी दुध बिक्री गर्ने उपभोक्ता तथा बढी दिनगन्ती र कारोबार गर्ने शेयर सदस्यहरूलाई संस्थाले पुरस्कार वितरण गरेको छ ।
उपभोक्ता तर्फ–प्रथमः आशा चौधरी, बिनोद निरौला, तेस्रोः दुर्गा चौधरी भएका छन् ।
यसैगरी विभिन्न उपभोक्ताहरुमा हेमसागर रायमाझी, शिवप्रसाद तिम्सिना र रेनुका चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
शेयर सदस्यहरु सँगिता पौडेल, दोस्रोः लक्ष्मी अधिकारी, तेस्रोः नरबहादुर अधिकारी दिनगन्ती कारोबार पुरस्कार प्राप्त गरे ।
यस्तै विभिन्न तहमा १९ जना शेयर सदस्यहरूले दिनगन्ती र कारोबार विधामा सान्त्वना पुरस्कार प्राप्त गरे ।
भैसी दुधतर्फ– प्रथमः रामप्रसाद खनाल, दोस्रोः भोजराज गौतम, तेस्रोः होमकुमार श्रेष्ठ भए ।

पुरानो सत्ताको कथित ...

– सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठ ...

अर्नाको जिन संकटमा ...

सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी बग ...

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]