‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना हुँदै

  • साउन २१, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । ‘डिजिटल नेपाल सम्मेलन’ चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ ।
आइसिटी फाउण्डेशन नेपालले पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।
पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठ वटाभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता रहनेछन् । गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका विषयमा संवाद हुनेछ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउण्डेशनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]