‘जर्नल अफ जनता मल्टिपल क्याम्पस’ सार्वजनिक

  • साउन ६, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा सामूदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पस अन्तर्गतको रिसर्च म्यानेजमेन्ट कमिटिले तयार गरेको ‘जर्नल अफ जनता मल्टिपल क्याम्पस’ सार्वजनिक गरिएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह निर्देशक प्राध्यापक डाक्टर गोविन्दप्रसाद गुरागाईं, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी, जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी, सञ्चालक समिति सदस्य द्दय शेखर लुईटेल, शिवराज दाहाल, क्याम्पस प्रमुख डाक्टर गीता अधिकारीललगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेल प्रधान सम्पादक रहेर तयार गरिएको जर्नलमा क्याम्पसमा अध्यापन गर्दै आएका प्राध्यापकका १५ वटा अनुसन्धानमूलक आलेख समेटिएका छन् । जर्नल वर्षेनी प्रकासित हुँदै आएको छ ।
जर्नल प्रकासितअघि जनता बुहुमुखी क्याम्पसको पहलमा कोशी प्रदेशभित्रका विभिन्न कलेजका परीक्षा फाटमा कार्यरत कर्मचारीको एक दिने तालिम भएको छ । सो क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीहरूलाई परीक्षा फारम भर्ने क्रममा गल्ती नगर्न विशेष सावधानी अपनाउन निर्देशन दिइयो । त्रिविका परीक्षा नियन्त्रक जोशीले फारममा नाम, विषयको कोड, भर्ना मिति लगायतका आधारभूत विवरणमा हुने सामान्य गल्तीले पनि ठूलो समस्या निम्त्याउने भएकाले गर्दा सावधानी अपनाउन निर्देशन दिइयो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कुल पाँच हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]