अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना

  • असार ३२, २०८२ / नेपाल रेखा
alt

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ ।
समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ बालबालिकालाई मेचीनगर–७ इँटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था गर्दै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरीका १० जना बालक र छ जना बालिका रहेका छन् ।
“संस्थाको दिगो नियमित आयस्रोत केही छैन”, समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक सङ्कट चुलिएको बताउँदै भन्नुभयो, “आश्रय लिइरहेका बालबालिकाको भरणपोषण खर्च धान्न समस्या भइरहेको छ ।” विसं २०६० मा स्थापना भएको संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा मेचीनगर–७ मा अपाङ्गता भएका बालबालिकालाई आश्रय दिन पाँच कट्ठा जग्गामा तीनतले भवन निर्माण गरेको थियो ।
बुबाआमा नभएका र अपाङ्गता भएर बिचल्लीमा परेका ती बालबालिका कोही पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् । आश्रित सात जना बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको र बाँकी नौ जनालाई संस्थाको भवनमा नै पढाउन एक जना शिक्षक नियुक्त गरिएको छ ।
संस्थालाई सहज रूपमा सञ्चालन गर्न वार्षिक रूपमा न्यूनतम १० लाखको स्रोत सुनिश्चित हुनुपर्नेमा हाल मेचीनगर नगरपालिकाबाहेक अन्य कुनै पनि सरकारी र दातृ निकायबाट सहयोग नरहेको उहाँले बताउनुभयो ।

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

इस्लाम धर्मावलम्बी प ...

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]