रामधुनीमा ४० जना उद्यमी सम्मानित

  • वैशाख ३०, २०८२ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । सुनसरीको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले नगरमा क्रियाशिल ४० जना उद्यमीहरुलाई एक कार्यक्रमबिच सम्मान गर्नुभएको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र रामधुनी नगरको सहकार्यमा दायित्व संस्थाले आयोजना गरेको वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रबद्र्धन कार्यक्रममा नगर प्रमुख चौधरीले उद्यमीहरुलाई सम्मानपत्र प्रदान गरि सम्मान गर्नु भएको हो । सो अबसरमा नगर प्रमुख चौधरीले उद्यमीहरुलाई सफलताको शुभकामना दिदै कार्यक्रममा सहभागी भइ फाइदा लिन आग्रह गर्नुभयो ।
सम्मानित हुनेहरू ललित निरौला, चन्द्रका बन्जारा, सोम कुमारी सुनुवार, लक्ष्मी कडेल, अनिता चौधरी, गङ्गा कुवर, शर्मिला दर्जी, अनिता पौडेल, गोमा अधिकारी, आशाकुमारी चौधरी, अनिताकुमारी चौधरी, कल्पना भट्टराई, शाबित्रा कार्की, जानुका खड्का रहेका छन् । त्यसैगरी सम्मानित हुनेहरू कृष्णकुमारी गुरुङ, कमला गुरुङ, लक्ष्मी चौधरी, पुष लाल चौधरी, दिलिप कटवाल, शिव नारायण चौधरी, सिताराम कटवाल, मनोदेबी सरदार, बिपना बस्नेत, कौशिला चौधरी लगायत ४० जना रहेका छन् ।
कार्यक्रममा आयोजक संस्थाका कोशी प्रदेश संयोजक भबिन्द्र बिश्वकर्माले आबेदन दिएका उद्यमी मध्ये ४० जनालाई छनौट गरिएको, यसमा २० जनालाई उत्कृष्ट छनौट र फेरि प्रतिस्पर्धाबाट दस जनालाई छनौट गरिने जानकारी दिनु भयो । उहाँले उद्यमीहरुका लागि दुई दिनसम्म तालिम चल्ने र छनौट भएको २० जनालाई आयोजक संस्था र उद्यमीबाट २५–२५ हजार र दस जनालाई १–१ लाख रुपैयाँको दरले उद्यमीलाई सहयोग गर्ने जानकारी दिए । कार्यक्रमको उद्देश्य उद्यमशिलता बिकास र नगरपालिकामा शासकीय ब्यबस्थापन अभिबृद्वि गर्ने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।
कार्यक्रममा नगरको ८ नम्बर वडा अध्यक्ष सुरेन्द्र सिंह खबास, कार्यपालिका सदस्य सोमकुमारी सुनुवारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]