मकै खेती शून्य खनजोतमा

  • पुस ४, २०८१ / नेपाल रेखा
alt

बाबुराम कार्की
इटहरी । खेत खनजोत नगरिकनै बाली उत्पादन गर्न सकिन्छ भन्दा अचम्म लाग्न सक्छ तर, सुनसरीका किसानहरुले खेत खनजोत नै नगरी बाली लगाएर आम्दानी गर्दै आएका छन् । किसानहरुले शुन्य खनजोत प्रविधिको प्रयोग गरेर खेती गर्दै आएका हुन् ।

परम्परागत कृषि प्रणलीमा खेतबारीमा कुनै पनि बाली लगाउनु पूर्व खेतलाई खनेर वा जोतेर माटो तयार पार्ने काम गरिन्छ । खेत जोत्नकै लागि गोरु वा रागाँ पाल्ने गरिन्थ्यो भने खेत खन्न कोदालो, फरुवाको प्रयोग हुन्थीयो । आधुनिक कृषि प्रणालीमा ट्याक्टर लगायत मेसिनरी साधनको प्रयोगबाट खेत खनजोत गर्ने गरिन्छ । वराहक्षेत्र १० कृषक श्याम कटुवालले धान काटेर बाझो बारीमै उन्नत जातको मकै रोप्नु भएको छ । उनले यसरी बाँझो खेतमै मकै रोप्न थालेको दुई वर्ष भयो । जोतेर माटो बुर्बुराउदो बनाएर मकै रोप्दै आएका कटुवालले दुई बर्षदेखि नजोती सुन्य खनजोत खेती गर्दै आएका हुन् । सुन्य खनजोत प्रविधिबाट खेति गर्दा उत्पादन पनि बढ्ने, लगानी कम लाग्ने र खेति गर्न सजिलो हुने भएकाले बाझो बारीमै मकै खेति गदै आएको छु उनले भने । उनले यस वर्ष पनि बाझो बारीमै १० कठठ् क्षेत्रफलमा मकै खेति गरेका छन् । उनी प्रतिनिधि किसान मात्र हो । वराहक्षेत्र नगरका किसानहरुले हिउँदमा धान काटेको बाझो बारीमै मकै, गँहु, लसुनलगायतका हिउँदे बालीहरु सुन्य खन्जोत प्रविधिको प्रयोग गरेर खेती गदै आएको वराहक्षेत्र नगरपालिकाका कृषि शाखाले जनाएको छ । सुरुमा त किसानले बाझो बारीमा पनि खेती हुन्छ र भन्थे, अहिले प्रायः सबै किसानहरुले खनजोत बिना नै मकै खेती गर्न थाल्नु भएको छ प्राविधिक नीर बहादुर राईले भने । जोतेर रोपेको र बाँझो खेतमा रोपेको मकै, गहुँ उत्पादनमा फरक परेपछि किसानहरु बाझो खेतमै खेती गर्न थालेका छन् । बराहक्षेत्र–९ कै जितेन्द्र कविरथले एक विघामा बाँझो बारीमै मकै खेति गरेका छन् । धान काटेपछि खाली भएको खेतमा झार मार्ने बिषादी हालेर एक हप्तापछि डोरी टाँगेर लाईको दुरी ६० सेमि र बोटबाट बोटको दुरी २५ सेमी फरकमा पश्नीको सहाराले मकै रोप्ने गरेको जितेन्द्र कविरथले बताए । मकैको बोट तीन चार पात भएछि पानी लगाउने, मल हाल्ने गरेका छाँै । बाझो बारीमा रोपेको मकैलाई गोडमेल गर्नु पर्दैन । शून्य खनजोत प्रविधि अपनाउँदा उत्पादन लागत घट्ने किसानहरु बताउछन् । प्रविधि निकै समय सान्र्दभिक रहेपनी यसमा प्रयोग गरिने कृषि यन्त्र गाउँ गाउँमा भित्री नसकेकाले किसानहरुले हातैले डोरीका माध्यमबाट दुरी कायम गरी पश्नी र हँसियाले रोपेर मकै लगायतका हिउँदे खेती गर्दै आएका छन् । मल, विउँ बढी नलाग्ने, पानी धेरै पटाउनु नपर्ने भएकाले खेती गर्न सजिलो भएको छ । कठ्ठाको आठ मन सम्म कृषकहरुले मकै फदाउदै आएका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]