गर्भवतीको हेलिकप्टरबाट उद्धार

  • असोज १७, २०८१ / नेपाल रेखा
alt

बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उहाँलाई उद्धार गरिएको हो ।

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

 

 

 

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]