ओलीलाई प्रचण्डको जवाफ – ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, हेर्नुहोस्’

  • भदौ २०, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।
ओलीले पार्टीको बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि प्रचण्डले पनि ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’ भन्ने जवाफ फर्काएका हुन् ।
प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै उनलाई ‘राउन्ड किक’ हानेर सरकारबाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए ।
सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इङ्गित गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्ने पनि बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]