आपसी भाइचारा र सहयोगलाई प्राथमिकता दिदै कार्कीढोली बन्धुहरूको भेला सम्पन्न

  • भदौ १६, २०८१ / नेपाल रेखा
alt

इटहरी । आपसी भाइचारा र सहयोगलाई प्राथमिकता दिने उद्देश्यसहित मुडुला कार्कीढोली बन्धुहरूको भेलामा सयौं सहभागी बनेका छन् ।
शनिबार इटहरीको गंंगाजमुना होटलमा आयोजना गरिएको कार्यक्रमले मुडुला कार्कीढोलीहरुबीचमा एकता र समृद्धि बढाउनका लागि नयाँ पहलहरूको शुरुवात गरेको मुडुला कार्कीढोली बन्धु सेवा समाजका महासचिव यमन (बेदनिधि) कार्कीढोलीले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य कमला दर्नालले यो भेलाले आपसी समझदारी र सहयोगलाई प्रोत्साहन गर्ने बताइन् । कार्यक्रममा समाजका सचिव कमल कार्कीढोली, उपाध्यक्ष पूर्णबहादुर कार्कीढोली र ज्ञानकुमार कार्कीढोलीले एक–अर्कासँग जीवनका अनुभव आदानप्रदान गर्दै भविष्यमा समन्वय र कार्कीढोली बन्धुहरुको इतिहास साझेदारीको नयाँ योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा राजनीतिक नेताहरू, सामाजिक कार्यकर्ता कार्कीढोली समाजका अग्रज व्यक्तित्वहरूले आफ्नो समुदायको विकास र समृद्धि ल्याउने विभिन्न योजनाबारे विचार विमर्श गरेका छन् ।
महासचिव यमन कार्कीढोलीले आगामी दिनहरूमा सहकार्य र सामाजिक जिम्मेवारीको महत्वलाई बुझ्न र कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।
कार्कीढोली भेलालाई दर्नाल बन्धु, सुनाम बन्धु, सुन्दास बन्धु, महरा बन्धु, बर्देवा बन्धुका प्रतिनिधिहरुले शुभकामना मत्यव्य दिएका थिए ।
कार्यक्रममा कार्कीढोली बन्धुका १२ जना जेष्ठ नागरीक, ११ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
भेलामा नृत्य प्रस्तुत गर्नेहरु अपेक्षा कार्कीढोली, सन्जु कार्कीढोली, अनिसा कार्कीढोली, गायक राजेस परियारलाई पुरस्कृत गरिएको थियो ।
कार्कीढोली बन्धु सेवा समाजका अध्यक्ष इन्द्रबहादुर कार्कीढोलीको सभापतित्वमा भएको कार्यक्रममा तीजको दरसमेत खुवाइएकोछ ।

KD Photo

 

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]