धिरेन्द्रकुमार चौधरी
रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको ९ वटै वडाको भित्रीवस्तीसम्म कालोपत्र सडक निर्माण भैरहेको छ । पहिले राजमार्ग र शहर बजारमा मात्र देखिने कालोपत्र बाटो अहिले भित्रीवस्तीसम्म बन्न थालेको देखिन्छ ।
नगरपालिकामा ९ वटा वडा कार्यालय छन् । नपाको सबै वडाको विभिन्न ठाउमा ग्रामीण बाटोमा गत बर्ष बनेको थियो र चालु आ.ब.पनि ठाउठाउमा कालोपत्र बाटो निर्माणाधिन अबस्थामा रहेको छ ।
रामधुनी नपा वडा न. ४ को भित्रको पिडारी गाउमा पहिलोपटक कालोपत्र बाटो निर्माण भएको छ । वडामा रहेको पिडारी, पथरदेवा र रामपुरा गाउको योजना अन्तर्गत ५० लाख रुपैयाको बजेटमा नगरपालिकाको गौरवको योजना अन्तर्गत बाटो बनेको हो । श्रेष्ठ कन्स्ट्रक्सनले ९ प्रतिशत बिलो रकममा काम गरेको वडा कार्यालयले जनाएको छ । त्यहाँ बिलो रहेको रकमलाई समेत सदुपयोग गरिएको छ । बिलो रकम नौ लाखमा नौ सय मिटर ग्राभेलको काम गरिएको वडा कार्यालयले जनाएको छ ।
त्यसैगरी यसै वडामा नेपालको प्रसिद्ध रामधुनी मन्दिर जाने बाटो बैठारदेखी कालोपत्र बाटो निर्माण भैरहेको छ । यहाँ नगरपालिका कार्यालयको आयोजनामा भ्याट सहित एक करोड १४ लाख ५३ हजार १८४ रुपैया ६४ पैसामा निर्माण कार्य भैरहेको निर्माण कार्यका लागि ठेक्का लिएका अमहा जलकन्या कन्स्ट्रक्सन बराहक्षेत्रका सन्चालक गोबिन्द दाहालले जानकारी दिए । निर्माण ब्यबसायी दाहालले योजना सप्पन्न गर्ने मिति आउदो असार १० गते सम्म रहेकोमा समयमै सम्पन्न गर्ने जानकारी गराए रामधुनीमा एक हजार ८७१ मिट लम्बाई कालोपत्र हुने बताइएको छ । यसै वडाको विभिन्न ठाउमा बाटो बिकासका लागी इण्टरलक निर्माण भैरहेको छ ।
राधाकृष्ण टोल बिकास संस्था रहेको गाउमा १० लाख रुपैया लागत बजेटमा बाटोमा इन्टरलकको काम सम्पन्न भएको छ । यसै वडामा बाल बिकास टोल बिकास गाउको बजार टोलमा नौ लाख ५० हजारको लागतमा बाटोमा इण्टरलक निर्माणका काम भैरहेको छ ।
गाउमा पहिलोपटक कालोपत्र सडक बन्दा स्थानीय दङ्ग र खुशी छन् । रामधुनी ४ पिडारी गाउ बस्ने नारायण चौधरीले पहिले बाटोमा खाल्डाखुल्डीले गर्दा आबतजाबतमा समस्या थियो अहिले छैन भने ।
सोहि वडाका वडा अध्यक्ष कमल कार्कीले भौतिक पूर्वाधारका योजना अन्तर्गत बाटो निर्माण भएको जानकारी गराए । वडा अध्यक्ष कार्कीले यस वडामा महत्वपूर्ण धार्मिक स्थल रामधुनी मन्दिर रहेकोले बाटोको बिकास आबश्यक रहेको बताए । त्यसैगरी रामधुनी १ मा सुनसरी÷मोरङ सिचाइ आयोजनाको नहरमा झुम्का स्थित कालोपत्र बन्दा स्थानीयबासी खुशी रहेको प्रतिकृया दिए । उनीहरुले हावाहुरीको समयमा धुलो, बर्षाको समयमा हिलो बाट मुक्त भएको र गाउमै बजार बिस्तार हुने प्रतिक्रिया दिए ।
रामधुनी १ मा चिया नास्ता पसल गर्दै आएकी सकुन्तला चौधरीले यहाँ धुलो र हिलोको समस्या पहिले रहेकोले बाटोमा कालोपत्र बन्दा धुलो र हिलोबाट मुक्त रहेको बताइन् । सोहि ठाउ बस्ने सिता थरुनिले कति बर्ष देखी पर्खदा बल्ल रोड बनेकोले बिकासको लागि राम्रो भएको भनिन् । स्थानीय सुनिल चौधरीले झुम्का बजार नजिकै रहेको भादगाउको बाटोमा रोड बनेपछि गाउमा समेत बजार बिस्तार हुने सम्भावना रहेको बजाए ।
नपाको वडा न. १ मा सुनसरी÷मोरङ सिचाइ नहरको झुम्का स्थित भादगाउ जाने बाटोमा कालोपत्र सडक निर्माण भैरहेको छ । नपाको गौरवको योजना अन्तर्गत त्यहाँ कालोपत्र सडक निर्माण भैरहेको वडा कार्यालयले जनाएको छ । निर्माण कार्य ठेक्का लिएका श्री जल निर्माण सेवा रामधुनिका कर्मचारी जिवन कुमार बस्नेतले भ्याट र पि. एस. रकम सहित ३७ लाख ५८ हजार २०७ रुपैयाँमा निर्माणका लागि सम्झौता भएको जानकारी गराए । त्यहा घोङ्ही बगियादेखी डुमैरीया गाउसम्म जाने बाटोमा चार सय ७० मिटरको लम्बाइमा कालोपत्र बन्ने बताइएको छ ।
यसै ठाउमा गत बर्ष समेत कालोपत्र निर्माण भएकोले अधुरो योजनालाई पुरा गर्न निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।
वडा न. १ का वडा अध्यक्ष महेश कुमार चौधरीले यसै वडामा सैनिमैनी, मोहनपुर हुदै भादगाउ जाने बाटोमा संघिय बजेटमा कालोपत्र बाटो निर्माणका काम भैरहेको बताए । त्यस्तै सैनिमैनी डुमरीया जाने बाटोमा कोशी प्रदेश सरकारको सम्बन्धि निकायको बजेटमा बजेटमा कालोपत्र बाटो निर्माण भैरहेको छ ।
त्यसैगरी यसै वडामा इन्टरलक बाटो तीन ठाउ माउण्ट समिट, डुले होटल, ओमशान्ती मार्गमा निर्माण हुने वडा कार्यालयले जनाएको छ ।
रामधुनी नपाको १ र २ वडा कार्यालयमा मात्र होइन, नपाको ९ वटै वडाको विभिन्न ठाउमा कालोपत्र बाटो र इन्टरलक निर्माण भैरहेको छ । नपाको सबै वडामा ५० लाख रकम बराबरको कालोपत्र बाटो निर्माणका लागी गौरवको योजना रहेको नपा कार्यालयले जनाएको छ ।
यहा नगरको मात्र होइन कोशी प्रदेश सरकार र संघिय सरकारको सम्बन्धि निकायको बजेटमा बिभिन्न ठाउमा कालोपत्र निर्माण हुने अबस्थामा छन् भने केहि ठाउमा निर्माण सम्पन्न भएको छ । नगरको वडा न. ९ मा सडक डिभिजन कार्यालय बिराटनगरको बजेटमा कर सहित ८१ लाख रुपैयाँमा कालोपत्र निर्माण कार्य सम्पन्न भएको योजनाको ठेक्का लिएका अलि बिल्डर्स प्रा. लि . इनरुवाका सन्चालक जिब्राइल अंसारीले जानकारी दिए । यस ठाउमा पहिलोपटक रोड बनेको स्थानीय अमरदिप चौधरीले बताए । उनले बाटो बन्दा एक ठाउबाट अर्को ठाउ पुग्न सहज भएको र गाउ सम्म रोड बनेकोमा बिकास भएको अनुभुती महसुस भएको बताए ।
नपामा बिकास निर्माण गर्दा निर्माण ब्यबसायी तथा समितिले एक बर्ष सम्म मर्मत सम्भार गर्नु पर्ने प्राबधान रहेको छ । यो समयमा निर्माण गरीएको बिकास कुनै कारणले भत्किए बा बिग्रीएमा निर्माण ब्यबसायी वा समितिले मर्मत गर्नु पर्ने प्राबधान रहेको छ ।
रामधुनी नगरपालिका नगर प्रमुखको सचिवालय झुम्का सुनसरीले नगरमा रहेको ९ वटा वडाको बाटोमा कालोपत्र निर्माण गर्ने योजना रहेको जनाएको छ । नगरमा रहेको कालोपत्र बाटोको आयोजना घोङ्ही बगिया– डुमरीया सडक, कुम्याही–कालिझोडा जाने सडक, मोची टोल–कर्मनिया टोल जाने बाटो, बुधबार–कुम्याही जोडने सडक, सिंगिया नहर–शेरा खोला जाने सडक रहेको छ । त्यसैगरी पिप्राहा–पानी टङ्की जाने बाटो, पिडारी–रामपुरा हुदै रामधुनी, बैठार चौक– रामधुनी मन्दिर जाने, शिव चौक–पर्सा गाछी, मैनी–ढेरी गाउ, बक्लौरी–पन्चाइन, कजरा पुल– बरपिपल चौक, पौडेल चौक–सोह्र नम्बर र धुरहा मुल बाटोमा कालोपत्र बाटो निर्माण कार्यको आयोजना रहेको छ ।
नपाका नगर प्रमुख शंकरलाल चौधरीले भौतिक पुर्वाधारका काम नपाको प्राथमिकतामा रहेकोेले कालोपत्र सडक निर्माण भैरहेको बताए । नगरप्रमुख चौधरीले गाउ घरमा पिच पुगि सक्यो, नगरको भित्र कालोपत्र पसि सक्यो, झुम्का बजार पुग्ने बाटोलाई सुगम बनाउने योजना रहेको भने । अहिले नपाले विभिन्न वडामा बिकासका लागि खुद्र बजेट होइन, एक मुष्ट बजेट बिनियोजन गर्ने गरेको नगर प्रमुखले जानकारी दिए । उनले गत बर्षदेखी नगरको वडामा लागु गरीएको गौरवको योजनालाई निरन्तरता दिने प्रष्ट गरे ।
रामधुनी नपाका उपप्रमुख तारा थापाले लागत इस्टिमेट अनुसार काम भएको नभएको प्राबिधिकले हेरेर हामिले अनुगमन गर्ने गरेको बताए । नगर उप प्रमुख थापाले गत बर्ष नपाको वडा न. ३ मा बिकास निर्माण भएको कालोपत्र बाटो केहि महिनामै उक्किएकोले त्यहा हामीले पुनः निर्माण ब्यबसायीलाई काम गर्न लगाएको जानकारी दिइन् । हामीले अनुगमन गर्दै आएको बताउदै जन गुनासो आउदा हामी तुरुन्त अनुगमन गर्ने गरेको बताए । सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको ठाउमा बाटोको बिकास गर्नु पर्ने धारणा राखे ।
नपाका लेखा शाखा प्रमुख बिरेन्द्र सिग्देलले इलेक्ट्रोनिक ठेक्का बिधि प्रयोग गरेर सार्वजनिक खरीद ऐन २०७३ र नियमावली २०६४ अनुरुप प्रतिस्पर्धा बिधी बाट ठेक्का लगाउने गरीएको जानकारी दिए । नपाका योजना शाखाका इन्जिनियर प्रबिन साहले आर्थिक बर्ष २०८०÷०८१ मा नपाको १२ ठाउमा कालोपत्र सडकको योजना रहेकोमा रामधुनी ४ मा सम्पन्न भैसकेको र अन्य ठाउमा काम शुरु भएको जानकारी दिए । इन्जिनियर साहले नपा भित्र जम्मा ६ हजार ७२० मिटर लम्बाइ कालोपत्र हुने बताए । उनले मापदण्ड अनुसार निर्माण भए नभएको चेक गरेको बताए । प्रत्येक वडामा ५० लाख रुपैयाँ बराबरको गौरवको योजना रहेको छ भने केहि ठाउमा नपाले थप योजनामा बजेट बिनियोजन गरेको छ । यसमा निर्माण ब्यबसायीहरुले प्रतिस्पर्धात्मक रुपमा ठेक्का लिदा बिलो रकममा लिने गरेको जनाइएको छ । नपाका योजना शाखा प्रमुख बिनय परियारले आर्थिक बर्ष २०८९÷०८० मा वडा न ः १ मा २७२ मिटर, वडा न. २ मा ८८६ मिटर, वडा न. ३ मा ५५०, वडा न. ४ मा ७९०, वडा न. ः ५ मा ५९२, वडा न. ६ मा ६३७, वडा न. ७ मा ३६५, वडा न. ८ मा ३६०, वडा न. ९ मा ४७८ गरी जम्मा ः चार हजार ८९० मिटर बाटो कालोपत्र निर्माण गरीएको जानकारी दिए ।
यो सामाग्री रामधुनी नगरपालिकाको सहकार्यमा तयार पारिएको हो ।