जेनयुन एजुकेशनले विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श दिने

  • भदौ १८, २०८० / नेपाल रेखा
alt

इटहरी । आजको युवा पुस्ता उच्च शिक्षा गुणस्तरीय एवम् व्यवहारिक होस् भन्ने चाहन्छ । यो चाहनालाई सम्बोधन गर्नै पर्ने बाध्यता अभिभावकलाई बन्दै गएको छ ।
विद्यार्थी र अभिभावकको यस्तो चाहना र बाध्यतालाई सम्बोधन गर्न जेनयुन एजुकेशन एण्ड भिसा सर्भिसले एक दिवसीय शैक्षिक परामर्श (एजुकेशन फेयर) संचालन गर्न लागिरहेको छ ।
झापाको दमकमा भदौ २१ गते, सुनसरीको इटहरीमा भदौ २२ गते, झापाकै विर्तामोडमा भदौ २३ गते, चितवनमा भदौ २९ गते र काठमाडौंमा असोज ३ गते एजुकेशन फेयर संचालन गर्न लागिएको हो ।
एजुकेशन फेयरमा अष्ट्रेलियाको मेलवर्न शहरका कलेजहरुबाट आउने प्रतिनिधिहरुले त्यहाँको परिवर्तित कानून, अध्ययन गरिने विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोवास, हावापानी, रहनसहनका विषयमा सहजीकरण गरिने जेनयुन एजुकेशन एण्ड भिसा सर्भिसका निर्देशक लक्ष्मीकान्त खनालले सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जेनयुनले सन् २०१६ देखि वैदेशिक रोजगारमा जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएको छ । हालसम्म ६ सय विद्यार्थीलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालले बताए । नेपालका विभिन्न वटा शहरमा यसका शाखा कार्यालयहरु छन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]