नेताचोक सरसफाई गर्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु

  • भदौ १६, २०८० / नेपाल रेखा
alt

इटहरी । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ मा रहेको देवी आधारभूत विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।
शनिबार नेकपा (माओवादी केन्द्र) ले थालेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन कार्यक्रमको अवसरमा उक्त विद्यालयमा वृक्षरोपण गरिएको हो ।
अभियान उद्घाटनकै क्रममा ग्रामथानकै नेता चोकमा सरसफाई गरिएको छ । चोक सरसफाईमा ग्रामथान वडा नं. ६ र ७ का माओवादी नेता, कार्यकर्ता खटेका थिए । माओवादीले नेता चोक सरसफाई गर्न थालेपछि स्थानीयवासीहरु पनि हातमा झाडु बोकेर सरसफाईमा जुटेका थिए ।
चोक सरसफाईपछि नेता चोकमै माओवादीले कोणसभा गरेको थियो । कोणसभालाई सो पार्टीकी केन्द्रीय सदस्य सपना परियारले सम्बोधन गरेकी थिइन् । सम्बोधन क्रममा उनले जनता र माओवादीबीचको सम्बन्धलाई मजबुद बनाउन आफूहरु अभियान लिएर गाउँ गाउँमा आएको बताइन् । साथै उनले सरसफाईमा सहभागिलाई धन्यवादसमेत व्यक्त गरिन् । कोणसभाको संचालन सो पार्टीका प्रदेश १ कमिटि सदस्य पख्खुलाल थारुले गरेका थिए ।
त्यसैगरि, ग्रामथान ४ मा पनि सार्वजनिक स्थलमा सरसफाई गरि अभियानको थालनी गरिएको छ । वडा नं. १ र २ भने कार्यकर्ताहरुलाई अभियानबारे अभिमुखीकरण गरिएको प्रदेशसभा सदस्यसमेत रहेकी परियारले बताइन् ।
पालिकामा अभियानलाई सफल बनाउन महिला नेतृ सावित्रा अक्षामी, युवा नेताहरु लोचन धमला, ताजिम अन्सारीलगायतका नेताहरु क्रियाशिल छन् ।

parxiixan 1

lochan Gramthan trea ropan

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]