सपना परियारको नेतृत्वमा कटहरी र ग्रामथानमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

  • भदौ ९, २०८० / नेपाल रेखा
alt

इटहरी । नेकपा (माओवादी) केन्द्र मोरङ अन्तर्गत कटहरी गाउँपालिका कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य सपना परियारको उपस्थितिमा गाउँ कमिटिका मुख्य नेतृत्वको बैठक राखिएको हो ।
प्रदेशसभा सदस्यसमेत रहेकी परियारलाई ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को नेतृत्व गर्न कटहरी गाउँपालिका खटाइएको छ । अभियानको नारा ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ रहेको छ । परियारलाई मोरङकै ग्रामथान गाउँपालिकामासमेत अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।
बैठकमा सो पार्टीका मोरङ जिल्ला संयोजक विजय विश्वास, कटहरी पार्टी कमिटि इन्चार्ज श्रीराम कामत, अध्यक्ष वीरबुद्ध मुडीयारी, सचिव आशीराम राजवंशी, नेताहरु किशोरकुमार भट्टराई, प्रदीप साह, किशोर पाण्डेले अभियानलाई सफल बनाउने प्रतिबद्धतासहित सुझावहरु पेश गरेका थिए ।
त्यसैगरि पालिका क्षेत्रमा क्रियाशिल महिला नेतृहरु अञ्जना पोखरेल, हेमकुमारी श्रेष्ठ र रेनुका खवासले पनि अभियानलाई सार्थक बनाउनु पर्ने सुझाव राखेका थिए ।
त्यसैगरि, अत्यानन्द राजवंशीले सहिद परिवारको घर–घरमा माओवादीका केन्द्रीय नेताहरु पुग्नु पर्ने सुझाव दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै परियारले भदौ १६ गते अभियानको उद्घाटन गरिने बताइन् । उनले अभियान तीन चरणमा हुने बैठकमा जानकारी गराएकी छन् । उनले पालिकावासी जनतासंग भेटघाट गर्नुका साथै पार्टी सदस्यता नवीकरण, विस्तार गरिने बैठकमा योजना सुनाइन् ।
परियारले अभियान अवधिभर बैठक, भेला, प्रशिक्षण, कार्यालय व्यवस्थापन, विषयगत अन्तरक्रिया, तालिम, गोष्ठी, जनप्रशिक्षण, जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित कार्यक्रम गरिने पनि जानकारी गराइन् ।

katahari mun. 2080-5-8

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]