‘उपेक्षित वर्गका आवाजलाई प्रशारण गर्न ढिला गर्नु हुन्न’

  • असार २२, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सल्लाहकार डा. महेन्द्र विष्टले मिडियाबाट उत्पीडितको आवाजलाई प्रशारणमा ढिला गर्न नहुने बताएका छन् ।
शुक्रबार सुनसरीको इटहरीमा चन्द्र न्यौपाने मेमोरीयल ट्रष्टले आयोजना गरेको पत्रकार आचारसंहिताको नवीनतम आयाम र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुती दिंदै उनले मिडिया र वा संचारमाध्यमबाट प्रसारण गरिने उपेक्षित वर्गका सवाललाई भरे गरौंला, भोलि गरौंला भनेर बहाना बनाउन नहुने बताएका हुन् ।
उनले सामाजिक संजालको दुरुपयोगले मुलधारको पत्रकारिता संकटमा पर्दै गएकोले त्यस्तो संकटबाट बच्न मिडियामा एजेण्डा सेटिङ्ग गरि समाजमा सकरात्मक तरंग पैदा गर्नु पत्रकारको दायित्व भएको बताए । उनले भने–‘ पत्रकारले समाजलाई आशावादी हुने आधार निर्माण गरि सामाजिक रुपान्तरणमा पत्रकारले भूमिका निर्वाह गर्नुपर्छ ।’
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्षसमेत रहिसकेका विष्टले पत्रकारले पेशागत मर्यादा कायम राख्न आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिए । पत्रकारले स्वनियम लागू गरि पत्रकारिताको विश्वासनीयता बढाउनु पर्ने विष्टको सुझाव छ ।
कार्यक्रममा पत्रकार सुवीद गुरागाईंले मौजुदा आचारसंहिताले पत्रकारलाई आचारसंहिता पालना गर्न जागरण पैदा नगरेकोले यसको परिमार्जनको आवश्यकतामा जोड दिए । त्यसैगरि, पत्रकार रुमा रिजालले समयअनुसार विषयवस्तु सम्प्रेषणको शैलीलाई परिवर्तन गर्नुपर्ने बताइन् ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघकै सुनसरी शाखा सचिव ध्रुव ढकाल, अग्रज पत्रकार यज्ञ शर्मा, कृष्णविनोद लम्साललगायतले पत्रकारितालाई मर्यादित बनाउन पत्रकार आफैं अग्रसर हुनेपर्ने बताएका थिए ।
साथै, बिहीवार ट्रष्टको आयोजनामा वर्तमान अवस्थामा एफ एम रेडियो संचालनका चुनौती र समाधानका उपायहरु विषयक कार्यशाला सम्पन्न गरिएको छ ।
ब्रोडकास्टिङ एसोसिएसन नेपालको सहकार्य तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा इटहरीमा कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालामा स्वतन्त्र रेडियोको समस्या, चुनौती र बजार अवस्था सुद्धिढीकरणका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
श्रोताका रुची अनुसारका कार्यक्रम उत्पादन तथा प्रसारण गरी प्रविधिको बढ्दो प्रयोगका बिच श्रव्य माध्यमको पहुँच कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा डाक्टर भूमिराज चापागाँइले प्रशिक्षण दिएका थिए ।
ट्रष्टकी अध्यक्ष अनिता गुरागाईंको अध्यक्षतामा कार्यक्रममा ब्रोडकाष्टिङ एसोसिएसन नेपालका केन्द्रिय सल्लाहकार तथा ट्रस्टका कार्यसमिति सदस्य प्रेम बस्नेत, वानका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागार्इं लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Chandra neupane program

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]