दुग्ध किसानले अनुदान पाए

  • असार १८, २०८० / नेपाल रेखा
alt

राजन केडी

इटहरी । दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरीमा आबद्ध किसानहरुले दुधमा अनुदान पाएका छन् ।
कोसी प्रदेश सरकारबाट दुध लिटरका आधारमा प्राप्त अनुदान वितरण कार्यक्रम अन्तर्गत भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इनरुवा सुनसरी मार्फत किसानले सहुलियत पाएको दुग्ध उत्पादक सहकारी संस्था लि.ले जनाएको छ ।
दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरीका व्यवस्थापक धु्रव कोइरालाले दिएको जानकारीअनुसार प्रतिलिटर दूई रुपैयाँका दरले किसानहरुलाई अनुदान दिइएको हो । किसानहरुले २०७९ साउन महिना देखि २०८० बैसाख महिना सम्म १० महिनामा सहकारीलाई उपलब्ध गराएको दुधका आधारमा अनुदान प्राप्त गरेका हुन् ।
दुग्ध उत्पादक किसानलाई आव २०७९–८० मा छुट्याइएको बजेटबाट सो रकम उपलब्ध गराएको छ । सहकारीका अध्यक्ष खेमनाथ काप्mलेका अनुसार शनिवार २ सय ४७ किसानलाई ७ लाख ६ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।
अनुदान रकम वितरण कार्यक्रम संस्थाका अध्यक्ष खेमनाथ काप्mलेको अध्यक्षतामा र भेटरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्र इनरुवा सुनसरीका प्रमुख कुमारसिंह खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापा, वडा नं. १० का वडाध्यक्ष अबधेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।
दुध लिटरका आधारमा सुन्दरहरैंचा–४ का रुद्रप्रसाद अधिकारीले १६ हजार ५ सय ७२ लिटरको अनुदान वापत ३३ हजार १ सय ४४ रुपैया अनुदान पाएका छन् । त्यसैगरि सुन्दरहरैचा–४ कै संगिता पौडेलले १४ हजार ५ सय ७८ लिटर दुध सहकारीलाई उपलब्ध गराएकोमा २९ हजार १ सय ५६ रुपैया पाएकी छन् ।
यस सहकारीले विभिन्न निकायमा पहल गरेर विगत वर्षहरु देखिनै यसरी पशुपालक किसानहरुलाई दुधमा अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]