स्थानीय तहमा न्यायिक समितिको सेवा प्रभावकारी

  • असार ६, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । घरजग्गा सिमानाको विषयमा विवाद भएपछि मोरङ रंगेली नगरपालिका वडा नं. ७ कि देवी भट्टराई उजुरी लिएर रंगेली नगरपालिका पुगिन्। संधियारले जग्गा मिचेर पर्खाल लगाउन खोजेको भन्दै न्यायका लागि उनले नगरपालिकाको न्यायीक समितिमा उजुरी दिइन् । निष्पक्ष न्याय पाउने विश्वासका साथ न्यायिक समितिमा उजुरी दिएको उनको भनाइ छ ।
त्यस्तै मछिन्द्रबहादुर कटुवाल पनि जग्गाको विषयमा देखिएको विवाद मिलाउन छलफलका लागि न्यायीक समितिमा पुगे । आफ्नो चार धुर जग्गा अर्केले काटेर लगेको भन्दै उनी पनि न्यायीक समितिमा पुगेका हुन् । न्यायीक समितिमा जादा खर्च नहुने र दुःख पनि नपाइने साथै समयमा विवादको समाधान हुने भएकाले न्यायका लागि समितिमा उजुरी दिएको उनको भनाइ छ ।
स्थानीय सरकार संचालन ऐन अन्तर्गत स्थानीय तहमा संचालन हुदै आएको न्यायीक समितिको सेवा प्रभावकारी बन्दै गएको छ । छिटोछरितो एवम् सहज रुपमा न्याय सम्पादन हुन थालेपछि न्यायीक समितिप्रति जन विश्वास वढ्न थालेको छ । सानातिना विवाद र झै झगडा हुदा न्यायका लागि सर्वसाधारण न्यायीक समितिमा पुग्ने गरेका छन् । उजुरी परेका दुवै पक्षलाई राखेर समन्वय गर्दै हरसंभव मेलमिलाप गरेर पठाउने गरेकाले समितिप्रति जनविश्वास वढेको समितिका संयोजक एव रंगेली नगरपालिकाका उप–प्रमुख भुमा पराजुलीको भनाइ छ ।
पालिकाहरुले इजलास नै राखेर समितीमा आएका उजुरी उपर छलफल गर्ने छिटो भन्दा छिटो उजुरी फर्छौट गर्ने गरेका छन् । समितिमा नमिलेका उजुरी प्रहरी प्रशासनमा पुग्ने गरेका छन् । आफुले निर्वाचित गरेका जनप्रतिनिधिप्रति विश्वास वढेका कारण सानातिना झैझगडाका विषयपनि न्यायिक समितिमा आउने गरेको र दुवैपक्षलाई मिलाएर पठाउदा समाजमा मेलमिलापको वातवारण बनेको उप–प्रमुख पराजुलीको भनाइ छ
त्यस्तै सुनवर्सी नगरपालिकामा नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाले पछि न्यायिक समितिमा ५८ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २८ वटा उजुरी फछ्र्यौट भइसकेको छ ।
न्याय सम्पदान गर्दा समस्या र चुनौती उत्तिकै रहेको समितिका संयोजक एवम् सुनवर्सी नगरपालिकाका उप–प्रमुख मिरादेवी दासको भनाई छ । न्यायीक समितिका कारण स्थानीय स्तरमा न्यायमा पहुच वढेको र कानुन तथा न्यायका विषयमा सवै समुदाय जानकार हुन थालेको उहाको भनाइ छ
समितिमा जग्गा विवाद, गाली वेइज्जती, फोहर व्यवस्थपन, जेष्ठ नागरिक हेरचाह, वहाल कर, सार्वजानिक बाटोको विवादजस्ता उजुरी वढि आउने गरेका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]