आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

  • जेठ ३२, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गरेका हुन् । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको थियो । महानगरको आफ्नै जग्गामा एकतले भवन निर्माण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर्भवती, असक्त नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह हुने बताए। मेयर कोइरालाले महानगरको आफ्नै सिटी अस्पताल सञ्चालनको योजनासमेत रहेको सुनाए । वडा तहमा भएका स्वास्थ्य सेवा केन्द्रहरुबाट रेफर गरिएका बिरामीलाई महानगरस्तरीय सिटी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन सकिए विराटनगरवासीलाई धेरै राहत हुने उनको भनाइ थियो ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी महानगरले कार्य गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, भवन निर्माण समितिकी संयोजक तुलसा भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । केन्द्रबाट गर्भवतीको नियमित जाँच, प्रेसर, सुगरको चेकजाँचसहित आधारभूत स्वास्थ्य सेवाका साथै औषधिसमेत निःशुल्क उपलब्ध हुने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]