आपतकालीन सेवा सञ्चालन कार्यविधिसम्बन्धी छलफल

  • जेठ २४, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारीसम्बन्धी छलफल सम्पन्न गरेको छ ।
महागरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिएका थिए । विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापनलगायतका विषयमा उनीहरुले जानकारी गराएका थिए । बाढी, आगलागीसहित बहुप्रकोपबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै कार्यविधिमार्फत न्यूनीकरण गर्ने महानगरको योजना रहेको छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]