उद्योगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न माग

  • जेठ २४, २०८० / नेपाल रेखा
alt

खगेन्द्र कार्की
इनरुवा । स्थानीयबासीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँदै ७ वर्षदेखि सञ्चालनमा रहेको उद्योगका विरुद्धमा स्थानीयबासी सडकमा उत्रिएका छन् । इनरुवा नगरपालिका–६ हलेसी चोकमा स्थापित ढुंगागिटी र अलकत्राका दुई उद्योगबाट निस्किएको प्रदुषणका कारण २ बच्चा तथा एक आमाको निधन भइसकेको स्थानीयहरु बताउँछन् । स्थानीय तहको नियम र निर्देशनलाई वेवास्ता गर्दै आफ्नै गति र रफ्तारमा मनोमानी ढंगबाट सञ्चालन हुँदै आएका ती उद्योगहरु हटाउनुपर्ने माग स्थानीयको रहेको छ । सन्तकुमार मेहेता र एक स्थानीय तहका अध्यक्ष समेतको लगानीमा सो उद्योग सञ्चालनमा आएको स्थानीयको भनाइ छ ।
पटक–पटकका छलफल निकम्मा सावित भएपछि स्थानीयहरु अझ आक्रोशित बनेका हुन् । स्थानीयबासीलाई उद्योगको प्रदुषणले असर पु¥याएको पटक पटक भन्दा पनि कुनै सुनुवाई नभएको र त्यसको पछाडि पट्टि सञ्चालनमा रहेको जनहित आधारभुत प्रावि विद्यालयमा अध्ययन गर्ने करिब २ सय विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पु¥याइरहेको स्थानीय ज्ञानराज भट्टराई बताउँछन् ।
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयसमेत समेत समस्या समाधानका निम्ति ध्यानाकर्षण गराइसकेको भट्टराईको भनाई छ ।
हाइवेमा अव्यवस्थित रुपमा सञ्चालनमा रहेको क्रसरको कारण नाली पुरिएर वर्षामा गाउँ नै डुबानमा पर्ने गरेको दुःखेसो पनि भट्टराईले पोखे । उनले भने–सडकको दुई तर्फबाट बग्नुपर्ने पानी उद्योगले रोकेको र पटक पटक स्थानीय सरकारको पहलमा खोल्ने काम भए पनि पुनः बन्द गरिदिने गरेर स्थानीय सरकारलाई समेत उपहासको पात्र बनाइदिएको बताए ।
प्रक्रियागत, व्यवस्थित र मापदण्डका आधारमा सञ्चालन गर्न स्थानीय सरकारले दिएको आदेशलाई समेत नमानी वैधानिक वा अवैधानिक कुनै किसिमको डकुमेन्ट पालिका वा वडामा नबुझाई सञ्चालन भईरहेको उक्त उद्योगको कानुनी हैसियत पनि आशंकामा रहेको स्थानीयको बुझाई छ । न बोर्ड छ, न कार्यालयमा कुनै कागजपत्र देखिन्छ । वैधानिकता के हो ? कहाँबाट सञ्चालन भइरहेको छ कसैलाई थाहा नभएको कारणले पनि आशंका बढेको उनीहरुको बुझाई छ ।
त्यत्रो उद्योग सञ्चालन गर्दा स्थानीयबासीलाई प्रदुषण, धुवा र धुलो बाहेक कुनै प्रतिफल नमिलेको भट्टराईको भनाई छ ।
यहाँको प्रदुषणले गाउँ पूर्ण रुपमा अस्वस्थ मात्र छैन तीन जनाको ज्यान गईसकेको स्थानीय जसुरुद्धिन मियाँले बताए । आफ्नै परिवारभित्रका २ बच्चा र एक आमाको निधन यहि उद्योगको प्रदुषणको कारणले भएकोले त्यसको क्षतिपुर्ति कसले दिने भनेर प्रश्न तेर्साएका छन् ।
अर्का स्थानीयबासी अब्दुल रजाक मन्जुसरी दुई उद्योगको कारण गाउँबस्ति समस्यामा परेका कुरा सबैतिर आइरहँदा यहि नजिकै भएको प्लाई फ्याक्ट्रिको विषयमा कसैले कुरा उठाएनन् । त्यसले पनि गाउँलेको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने गरेको भन्दै उक्त प्लाई फ्याक्ट्रि समेत हटाउन माग गरे ।
मानव स्वास्थ्यमा असर पु¥याउने यस्ता उद्योगको व्यवस्थापनमा स्थानीय सरकारलाई निकै सकस भएको छ जसको व्यवस्थापन नगरी नहुने अवस्था पनि देखिएको छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]