घरघरमा वृक्षारोपण गर्न मेयर कोइरालाको आग्रह

  • जेठ २३, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् ।
५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताए । उनले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ विरुवा रोपौं,” उनले भने, “यदि ठाउँ छैन भने घरको छतमा भए पनि ठूला नहुने विरुवा रोपौं । यसले पनि महानगरलाई हरियाली बनाउन सहयोग पुग्छ ।” मेयर कोइरालाले जलवायु परिवर्तनका कारण मानवजीवनसँगै जीवजन्तु र पशुपंक्षीमा समेत गम्भीर असर पर्न थालेको उल्लेख गरे । भौतिक संरचना निर्माण गर्दा रुख कटान गर्दा पर्यावरणमा धेरै नै समस्या देखिन थालेको उनको भनाइ थियो । “अहिलेको जुन जलवायु परिवर्तनको समस्या छ । यो हाम्रो जस्तो देश र हामीले गरेर रोक्न सकिँदैन,” उनले भने, “तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौं ।” ‘एक घर एक रुख’को नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्न छाडेर हिमालहरु काला पत्थरमा परिणत हुन थालेको उनको भनाइ थियो । विगतमा भन्दा गर्मीको बढ्नुको पछाडि पनि जलवायु परिवर्तनकै असर भएको उनले बताए । कार्यक्रममा विराटनगर वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले वडामा वृक्षारोपणका लागि अभियान नै सञ्चालन गर्ने बताए। ब्रम्ह्राकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा भारतको गड्डीउड स्टुडियोका नेपाली र बंगाली भाषा विभागका प्रमुख चित्तरञ्जन भाइ, स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी विभागका उपप्राध्यापक रामचन्द्र अधिकारी, महेन्द्र मोरङ क्याम्पस विराटनगरका रासायन विभागका प्रमुख प्रा.डा. अजय भट्टराई, राजयोग प्रशिक्षक तुलसी उप्रेती, विनोद भाइलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महानगरसँगको सहकार्यमा दिगो विकास इन्स्टिच्यूटसहित विभिन्न संस्थाले साइकल ¥यालीसमेत निकालेका थिए । मेयर कोइरालाले साइकल कुदाएर ¥यालीको उद्घाटन गर्नु भएको थियो । हिमालय रोडबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]