पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन-मन्त्री लिम्बू

  • वैशाख ३०, २०८० / नेपाल रेखा
alt

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नुभयो ।
मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गर्नुभयो ।
उहाँले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिनुभयो । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डो¥याउन सकिने धारणा राख्नुभयो ।
उहाँले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेटने बताउनुभयो ।
उहाँले खेलकुदका प्रशिक्षकहरु विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]