साहित्यकार बरालसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू पुरस्कृत

  • वैशाख १९, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगरका दैनिकी कवि तथा साहित्यकार हरिप्रसाद बरालसहित ५ जना व्यक्तिलाई कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले पुरस्कृत गरेको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई गुठी पुरस्कृत गरेको हो । पाँच दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले ११ हजार राशिको साहित्यतर्फको पुरस्कारबाट साहित्यकार एवं समालोचक बराल पुरस्कृत भएका हुन् ।
२५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार काठमाडौंका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई प्रदान गरियो । १५ हजार राशिको शिक्षा पुरस्कार शिक्षासेवी सर्वाणी भट्टाचार्य तथा जनही ११ हजार राशिको खेलकुद पुरस्कार विकेन थापा र मेधावी छात्र डा. अनुपम कोइरालालाई प्रदान गरिएको थियो । पुरस्कृत सबैलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, आयोजक संस्थाका अध्यक्ष दिङ्लाली कान्छोलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिटौलाले साहित्यले समाजलाई सही बाटोमा अगाडि बढाउने बताए । कार्यक्रममा पुरस्कृत व्यक्तिहरुसहित वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पाँच दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]