यामाहाको एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्ग बजारमा

  • वैशाख ११, २०८० / नेपाल रेखा
alt

इटहरी । यामाहा कम्पनिका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्ग बजारमा ल्याएको छ ।
उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेले तिरुपति अटो सिटीले भित्र्याएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन् ।
यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको रोजाईमा पर्न थालिसकेको यामाहा कम्पनिको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका नेशनल जेनर मेनेजर दीपक रौनियारले जानकारी दिए ।
तिरुपति अटो सिटी इटहरी सञ्चालक संयोग पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, नागरिक समाज इटहरीका निवर्तमान अध्यक्ष राजु केसी, ढुवानी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जन लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]