धरानको विकासमा एकजुट भई लाग्नुहोस्

  • वैशाख १०, २०८० / नेपाल रेखा
alt

पर्वत सन्जेल
हामीले लाइनमा घण्टौँ उभिई, उभिई भोट खसालेर तपाइहरुलाई वडा सदस्य, वडा अध्यक्ष, उपमेयर, मेयर बनायौँ । धरानको बिकास गर्नुहुन्छ होला भनेर । तर, ऐले त एक अर्काको उछितो मात्र काड्नुहुन्छ । किन ?! काम छैन र अरु ? हामीलाई नि बेकारमा भोट हालिएछ जस्तो नबनाउनुस् । अझैँ केही बिग्रेको छैन । तपाइहरु छलफल गर्नुस् ठण्डा दिमागले । इगो छोडेर धरानको बिकास सम्झिनुस् । अलि–अलि झुकेको आभाष भए के भो त ? अलि–अलि होचिनुपरे के भो त ? धराने जनता अग्लिन्छन् भने तपाइहरु होचिँदा केही हुन्न । भोट माग्दा त दुई हात जोडेर हजुर हजुर भनेको होइन ? ऐले चाहिँ क्या हो यो ? सामाजिक सद्भाव रहोस् । बिगार्ने काम नगर्नोस् । तपाइहरु बिचमा के के ब्यक्तिगत दुश्मनी छन् पछि साँध्नुहोला । ऐले चाहिँ धरानको बिकासमा एक भइ लाग्दा उत्तम हुनेछ ।
उत्तम होस् खत्तम नहोस् ।
उल्टो होइन सुल्टो हिड्नुस् ।
जय धरान, जय एकता ।
पर्वत सन्जेलको फेसबुक पेजबाट

Dharan

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]