पालिका अध्यक्ष इङ्नाम र पत्रकार चिना थापा सम्मानित

  • फागुन २०, २०७९ / नेपाल रेखा
alt

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारिताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् ।
पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला नेतृ सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरुलाई अगाडि बढ्न निकै चुनौति रहेको बताईन् । आफूले राजनीति गर्ने बेलामा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम पनि भ्याउने गरेको स्मरण गदै उनले महिलाको भूमिका धेरै हुने भएकाले सबैलाई एकसाथ अगाडि बढाउन सहज नहुने बताइन् ।
‘घरको सबै काम भ्याएर राजनीति गर्थें, तर मैले म यहाँसम्म आइपुग्छु भनेर राजनीति गरेको थिइन्’, उनले भनिन्, ‘संगठनमा रहेर इमान्दारीसाथ काम गर्र्यो भने लक्ष्यमा पुगिन्छ भन्ने आत्मविश्वास भने थियो’ । ‘मेरो इमान्दारिता र मेहनत देखेर पार्टीले पनि नमागेको अध्यक्ष पदको टिकट थियो र जितियो पनि । तर मैले यहाँसम्म पुग्छु भन्ने सोचेको थिइन् । मेहनत गर्दा ढिलो चाडो लक्ष्यमा पुगिनेरहेछ भन्ने लागेको छ’, उनले भनिन् । उनले हरेश नखाई मेहनत गर्न महिलाहरुलाई आग्रह समेत गरिन् ।
पेशागत महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रिय सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरस्वती खरेल, नेपाल निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठन केन्द्रिय सह कोषाध्यक्ष लिना यादव लगायतले दिवसको महत्व र महिलाको योगदानको विषयमा चर्चा गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन मोरङकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख टिका पाठक पराजुलीको अध्यक्षता तथा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पेशागत महासंघ मोरङकी उपाध्यक्ष पृथ्वी बस्नेतले संघर्ष गरेर अगाडि बढेका महिलाहरुलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यले सुरुवात मात्र गरेको र आगामि दिनमा सम्मान कार्यक्रमलाई अझ वृहत बनाउँदै लैजाने बताइन् ।
कार्यक्रममा पेशागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मा लगायत निजामति क्षेत्रमा कार्यरत व्यक्तित्वहरु, शिक्षकहरु तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आधा दर्जन भन्दा बढी साहित्यिक व्यक्तित्वहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।
‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुचकोे विस्तार’ भन्ने मूल नाराका साथ मार्च ८ अर्थात फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइदै छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]