खेलाडी र युवाबीच गच्छदार र पोखरेल

  • कार्तिक २४, २०७९ / नेपाल रेखा
alt

इटहरी । लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरु विजयकुमार गच्छदार र सरस्वती पोखरेल (डाँगी) ले सुनसरी ३ को संक्षिप्त चुनावी प्रतिबद्धतापत्रमा युवाहरुको खेलकुद क्षमता बृद्धि गर्न तालिम र आवश्यक सुविधामा जोड दिने सवाल समेटेका छन् ।
यही सवालमा छलफल गर्न उमेदवार गच्छदार र पोखरेल चुनाव प्रचार प्रसार गर्दै न्यू डाइमण्ड युवा क्लबद्वारा आयोजित आमझोकी गोल्ड कप प्रतियोगित स्थल पुगेर खेलाडीहरुसंग छलफल गरेका छन् । साथै, गोल्ड कपमा विजेता बनेका खेलाडीहरुलाई बधाई पनि दिएका छन् ।
पोखरेल र गच्छदारले युवाहरुसंग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनलाई मत पनि मागेका छन् । गच्छदार नेपाली काँग्रेसकोतर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट उमेदवार बनेका छन् भने पोखरेल सोही क्षेत्रको प्रदेशसभा क्षेत्र १ बाट नेकपा (माओवादी) केन्द्रको तर्फबाट उमेदवार बनेकी छन् ।
त्यसैगरी गठबन्धनका उमेदवारको प्रचार प्रसारलाई आक्रामक बनाउन युवाहरुको संयुक्त परिचालन समिति पनि गठन गरिएको छ । दुहबी–८ मा रोशन दाहालको नेतृत्वमा २ सय १ सदस्यीय युवा परिचालन तथा चुनाव प्रचार प्रसार समिति गठन गरिएको माओवादी केन्द्रका युवा नेता मनोज निरौलाले बताए ।
त्यसैगरि, पोखरेल र गच्छदारले बिहीवार इटहरी–९ आवास टोललगायत विभिन्न टोलमा घरदैलो गरेका छन् ।

with youth

 

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]