इलामको रोङमा कभर्र्डहल निर्माण

  • भदौ २३, २०७९ / नेपाल रेखा
alt

इलाम । इलामको रोङ गाउँपालिकामा कभर्र्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्र्डहल निर्माण गरिएको हो ।
कभर्डहल निर्माणका लागि गाउँपालिकाले २५ लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम कोष इलाम क्षेत्र नं १ ले ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले आठ लाख विनियोजन गरेको थियो । कभर्र्डहलमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ ।
गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउछन् । विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागि परेका योगेश चाम्लिङले खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । यसअघि कभर्डहल नहुँदा बर्खाको समयमा खेल अभ्यास गर्न समस्या हुने गरेको थियो । खुला मैदानमै अभ्यास गर्नुपर्ने बाध्यता थियो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]