नेपाल उद्योग व्यापार महासंघ १ नम्बर प्रदेश अध्यक्षमा राजकुमार आचार्य

  • भदौ १६, २०७९ / नेपाल रेखा
alt

इटहरी । आत्मनिर्भरताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रकालागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने ऐजेण्डा अघि सार्दै नेपाल उद्योग व्यापार महासंघको प्रदेश नम्बर १ प्रथम भेला एवम् अधिवेशन बिहीवार सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
भेलाबाट प्रदेश अध्यक्षमा राजकुमार आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक जंगराज गिरीले जानकारी दिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कविता कन्दङ्वा, वाणिज्य उपाध्यक्षमा राधिका गौतम, उद्योग उपाध्यक्षमा गणेशप्रसाद मैनाली, उपाध्यक्षमा मुना कटवाल, महासचिवमा सिताराम सापकोटा, कोषाध्यक्षमा पर्शुराम (प्रकाश) आचार्य, उपमहासचिवमा होमराज रायमाझी, सचिवहरुमा धर्म कट्टेल, निलम खड्का, सहकोषाध्यक्षमा शुभाष गड्तौला निर्वाचित भएको संयोजक गिरीले बताए । प्रदेश कार्यसमिति ६१ सदस्यीय बनेको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक गिरीले प्रमाण पत्र प्रदान गर्नुका साथै सपथ खुवाएका थिए । निर्वाचन समितिमा राजन केडी र प्रदीप श्रेष्ठ रहेका थिए ।
अधिवेशनमा प्रदेश नम्बर १ सरकारका भौतिक तथा आर्थिक योजना मन्त्री इन्द्रबहादुर आङ्वो, नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य गंगा कार्की, प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, माओवादी केन्द्रकै प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै महासंघका केन्द्रीय अध्यक्ष
श्याम पाठक, उपाध्यक्ष खेमलाल भण्डारी, केन्द्रीयहरु सदस्य बल्लव नेपाल, सिपीदत्त पौडेलले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

jangaraj giri rajkumar achrya

 

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]