खोटाङबाट एक सय ५८ खेलाडी छानियो

  • भदौ १४, २०७९ / नेपाल रेखा
alt

खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा १४ खेलका लागि ती खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी एक सय ८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा १० खेलाडी छनोट भएका छन् । यस्तै बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रमुख केसीले बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दश विधाका खेलाडीले सहभागी जनाएको खोटाङमा यो वर्ष सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार खेल थपिएको छ । शारीकि सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिस थपिएको हो । यो वर्ष जिल्लाबाट नयाँ खेलसँगै पहिले सहभागी गराइएको खेलमा पनि खेलाडीको सङ्ख्या बढाइएको छ । अघिल्लो वर्ष एथलेटिक्समा आठ जनाको सहभागिता जिल्लाबाट भएकोमा यो वर्ष २२ खेलाडीले सहभागिता जनाउनेछन् ।
जिल्लाबाट छनोट भएका खेलाडीहरूले अब प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीय छनोट प्रतियोगिता कुन–कुन जिल्लामा हुने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । यद्यपि, आगामी भदौ–१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिता बिराटनगर, धरान, इटहरी लगायत ठाउँहरूमा सञ्चालन हुने जनाइएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता भने खोटाङमै हुने जनाइएको छ ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यी कभर्डहलमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लामा तयारी तीव्र पारिएको सितोरियो कराँते सङ्घ खोटाङले जनाएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता खोटाङमा सञ्चालन हुने भएपछि जिल्लाबासी उत्साहित भएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम कम हुँदा जिल्लामा व्यवस्थापन गर्न समस्या भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]